एरिका गुरुङ अष्ट्रेलियन ओपन कराते प्रतियोगितामा स्वर्ण पदक जित्न सफल

445 पटक पढिएको

२३ चैत्र २०८१, शनिबार २१:०७ सम्पादक: धादिङ न्यूज

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा भएको अष्ट्रेलियन ओपन कराते च्यापियनशिपमा नेपालकी एरिका गुरुङले स्वर्ण पदक जितेकी छन् ।उनले नेपाली करातेमा हाल सम्मका सबै रेकर्ड आफ्नो नाममा लेखाएकी छ्न।

यही चैत्र २२ गते देखि भएको प्रतियोगितामा एरिकाले ६८ केजी माथि तौल समुहमा स्वर्ण पदक जितेकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै ६७ केजी मुनी सन्तोष श्रेष्ठ, ६१ केजी मुनी सविना श्रेष्ठ, ५५ केजी मुनी पुष्पका लामा र ५० केजी मुनी बर्ष बुढा मगरले कास्य पदक प्राप्त गरेका छन् ।

करातेले ऐतिहासिक पदक जित्दा एरिका गुरुङ खेलाडी र कुशल श्रेष्ठ प्रशिक्षकका रूपमा सफल र भाग्यमानी साबित भएका छन् ।

🔎 Email: TRANSFER 1,630278 BTC. Receive > https://graph.org/Message--05654-03-25?hs=b0cd51fcbcd8ecdc1813ec5b33935e10& 🔎 says:

15d21u