तिमी भरिरहू सिउँदो म नुहिरहन्छु
1109 पटक पढिएको
प्रकाश सापकोटा
हामीलाई थाहा छ, संसार रंगकर्मलाई मञ्चन गर्ने एउटा वृहत मञ्च हो । संसारका हरेक प्राणी पात्र हुन् । कथा–पटकथा, संवाद, निर्देशनको पक्ष एउटा ‘अदृश्य शक्ति’ले सम्हाली राखेको छ । त्यही अदृश्य निर्देशकको चाहना अनुसार पात्रहरुको आगमन र गमनको क्रम सृष्टिको सुरुवात देखि नै यथावत छ । प्राणी मध्येको एक मानिस पनि यसै प्रवृत्ति अन्तर्गत पर्दछ । उसको जन्म नै एउटा पात्रको आगमन हो र नियम सम्मत मञ्चनमा आफ्नो अभिनयको प्रदर्शन पश्चात उक्त पात्रको पलायनता सृष्टि अनुकुल हो । यस अर्थमा मृत्यु एउटा विकल्प रहित यथार्थ हो जो सबैलाई समान देख्छ, भनौँ अन्धो हुन्छ ।
सृष्टिको यहि अभेद्य रीतले समग्र नेपाल नेपालीलाई असीम शोकमा डुबाएको थियो र एउटा उदारवादी, प्रजातान्त्रिक, लोकहितलाई सर्वोपरि ठान्ने शासकको जीवनकाललाई जेठ १९ गतेको रातीसँगै इतिहासमा बदलिदिएको थियो तेह्र वर्ष पहिले ।
अनादिकाल देखिनै संसार शासक र शाषित गरी दुई वर्गमा विभाजित हुँदै आएको देखिन्छ । त्यही इतिहासले बताउँछ प्रायः शासकमा शान्तिको चिन्ता हुँदैन, सिमितमा मात्र त्यस्तो भावना हुन्छ जसले जनआकांक्षालाई नै आफ्नो सर्वोपरि र जनचाहनाको पूर्तिलाई आत्मसन्तुष्टिको रुपमा लिन्छन् । यस्तै प्रजावत्सल शासकहरुको श्रेणीमा पर्ने राजा विरेन्द्रको सपरिवार जेठ १९ गते नारायणहिटी राजदरवारमा घटेको अकल्पनीय घटनामा परि सांसारिक तनावबाट मुक्त भएको छ किनकी हिन्दु धार्मिक दर्शन अनुसार संसार तनावबाट मुक्त भएको छ किनकी हिन्दु धार्मिक दर्शन अनुसार संसार तनावको जालो हो रे ।
पूर्व राजाको परिवारहरुले नेपालको कला साहित्यमा देखाएको उत्साह र अभिरुचिले तत्कालिनदेखि वर्तमानसम्मको नेपाली स्रष्टाहरुलाई आफ्नो कार्य साधनामा तल्लिन हुन र नवीन सृजनाहरु सिर्जिन उत्साह र उमङ्ग मात्र होइन थप बल समेत प्रदान गरेको छ भन्छन् साहित्यकारहरु ।
नेपालको राजवंशीय ऐतिहासिक परम्परालाई हेर्ने हो भने अधिकांश राजाहरु ठूला विद्वान भएको साक्ष्य फेला पर्छ । विशेषतः लिच्छवीकालीन र मल्लकालीन राजाहरु संस्कृत भाषाका विद्वान हुनुका साथै केही मल्ल राजाहरुले संस्कृतमा ग्रन्थहरु लेखेको पनि भेटिन्छ । राजा भूपतीन्द्र मल्लले त आफ्नो नामको पछाडी ‘कविन्द्र’ मिृत लेख्दथे र उनी कवि पाि थिए । यसरी हेर्दा राजवंशीय परम्परामा वाङ्मयिक व्यक्तित्व भएका राजाहरु र वाङ्मयानुरागी राजाहरुको लामै श्रृङ्खला देखिन्छ ।
शाहवंशीय राज परम्पराको थालनी भएपछिका राजा र राजपरिवारका अन्य सदस्यहरुको वाङ्मयिक व्यक्तित्व उच्च रहेको देखिन्छ । तिनका प्रमुख रुपमा म.वि.वि. शाह (राजा महेन्द्र) र चाँदनी शाह (रानी ऐश्वर्य)को साहित्यिक व्यक्तित्वको उचाई शाहवंशमा सर्वोपरि छ । राजा विरेन्द्र स्वयंमा साहित्यकार नभए पनि उनको कलाकारीता क्षेत्रको व्यक्तित्व तीव्र रुपमा देखिन्छ ।
चाँदनी साहको गीति कविता क्षेत्र अत्यन्त उच्च छ । ‘आफ्नै धर्ती आफ्नै परिवेश’ र ‘चाँदनी शाहका कविताहरु’ यिनका प्रमुख पुस्तकार कृति हुन् भने असंख्य फुटकर कविताहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित छन् । ‘उकाली ओरालीहरुमा’, ‘तिमीलाइई हाँसेर विदा मात्रै’, ‘आमा भएर बाडीरहे’ आदि गीतिकविताहरु यिनका बहुचर्चित कविता हुन् ।
दीपेन्द्र शाहको कवि व्यक्तित्व पनि सक्रियोन्मुख रहेको थियो उनको ‘हे आमा’ शीर्षक कविता निकै भावप्रवण देखिन्छ । यीनका कविताहरु ‘गोरखापत्र’ ‘उपकरण’ आदि पत्रिकामा प्रकाशित देखिन्छ भने ‘भञ्ज्याङ’ भन्ने पत्रिकामा निबन्ध प्रकाशित देखिन्छ । यिनका यात्रा संस्मरणहरु प्रकाशित छन् ।
श्रुतिको कालाकार व्यक्तित्व पनि अत्यन्तै उच्च भेटिन्छ । यिनका असंख्य मूर्त–अमूर्त कलाहरु प्रकाशित र प्रदर्शित छन् । कलाकार श्रुति र कलाकारिता झण्डै पर्यावाची बनेका थिए । उनको स्वर्गारोहणबाट नेपालको कलाकारिता क्षेत्र साच्चै टुहुरो भएको छ भन्छन् । कुचि र रंगरेखाका माध्यमबाट आफ्ना भावनाहरुलाई अभिव्यक्ति दिने श्रुतिबाट सानै उमेरमा असंख्य कलाकृतिहरु सिर्जित उनको उच्च कलाकार व्यक्तित्वको परिचय हो ।
यस प्रकार राजपरिवारका सदस्यहरुको वाङ्मयिक व्यक्तित्वको श्रृङ्खलामा विभिन्न किसिमको वाङ्मयिक व्यक्तित्वबाट परिचित संरक्षित प्रेरित र अनुगृन्ति नेपालको समग्र वाङ्मय क्षेत्रको अपूरणीय क्षति व्यहोर्नु परेको साहित्यकारहरुको भनाई छ ।
बुझ्नुपर्ने कुरा नियतिको प्रहार जहिले पनि कठोर हुन्छ र एउटा संयतित, धैर्यवान हृदयले मात्र नियतिको कठोरतालाई भोग्न सक्छ किनकी हामीले हर दिन भोगिरहेको एउटा सत्य यो हो कि भूत वर्तमान बन्न सक्दैन । त्यसैले वर्तमान एउटा कर्तव्य हो जसको फल भविश्य वर्तमान बन्दा भूतको रुपमा देखा पर्दछ ।
“उठेको रहेछ फोका त्यो फेरी टुटेर पानी भो
माटोले बनेको दह यो फेरी गएर माटो भो
छुटेको रहेन अणु त्यो आज मिलेर पूर्ण भो
मायाले रचेको खेल यो आज आएर अन्त्य भो । ”
–चाँदनी शाह