गीतै गीतको गाउँ सार्वजनिक

713 पटक पढिएको

सम्पादक: Dhadingnews.com

माधव अधिकारी

काठमाडौ -युवा कवि हेमप्रभासको नवीनतम कविताकृति गीतै गीतको गाउँ Hem Pravas recitation (2)शनिवार नाटकीय ढङ्गबाट सार्वजनिक गरियो । शिल्पी थिएटरको प्रेक्ष्यालयमा आयोजिक एक भव्य समारोहमा उद्घोषक महेश पौड्याले आसन ग्रहण गर्न बोलाउँदा कवि हेमप्रभास रङ्मञ्चको बोल्कोनीमा देखा परे, र आसन ग्रहण वा सम्वोधन गर्नुको सट्टा वाचन गर्न पो थाले, उनको शीर्ष कविता “गीतै गीतको गाउँ” । रङ्गमञ्जको अग्रभागमा भने कलाकारहरूले उनको यस कवितामा अभिनय गरे ।

यसरी शुरु गरिएको उनको कृतिको सार्वजनिक यात्रामा हेमप्रभासले देश र प्रेम सम्बन्धी करीब आठ कविता सुनाए । कार्यक्रमका प्रमुख टिप्पणीकार डा. सनत वस्तीले गाउँको सुखदुख गाउने कवि हेमप्रभासका कविता नवीन विम्बहरूकै कारण शक्तिशाली भएको बताए । पीडामा आधारित कविताको बाहुल्य भए पनि उनका कविता सकारात्म सोच बोकेको उनले थपे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा. राजेन्द्र सुवेदीले हेमप्रभासका कवितामा तीब्र काव्य चेतना र विम्बमा नवीन प्रयोग रेहेको बताउँदै उनले अझ अथक परिश्रम गरिरहनुपर्ने औंल्याएँ । उनले भने, “हामी दिृष्टिमा खाली बोतलजस्तो भयौँ भने बाहिरबाट विचार आरोपित हुनसक्छ । त्यसैले हामीसँग आफ्नै दृष्टिकोण पनि हुनुपर्छ ।”
पुस्तकलाई स्कलर्स पब्लिकेशन्सले बजारमा ल्याएको हो ।