एकै पुलबाट चौधसय जनाले हामफालेर आत्महत्या

958 पटक पढिएको

सम्पादक: Dhadingnews.com

१५ असार, अमेरिकाको एकै पुलबाट हामफालेर आत्महत्या गर्नेको संख्या १४०० पुगे छ । अमेरिकाको सनफ्रान्सिस्कोमा रहेको गोल्डेन गेट पुलबाट सन् १९३७ देखि अहिलेसम्म आत्महत्या गर्ने को संख्या १४०० पुगेको हो । आत्महत्या गर्नेको संख्या बढ्दै गएपछि पुलमा जाली लगाउने सहमति भएको छ ।

यसलाई रोक्नका लागि पुल संचालन बोर्डले ७ करोड ८० लाख डलर लगानी सहितको प्याकेजमा सहमति गरेको छ । अरु वर्षको तुलनामा सन् २०१३ मा सबैभन्दा धेरै अर्थात् ४६ जनाले आत्महत्या गरेपछि यस विषयमा बढी चासो लिएर पुल संचालन समितिले निर्णय गरेको हो ।एजेन्सी