आदिवासि जनजातिहरुका निम्ति आइ.एल.ओ १६९ सम्वन्धि तालिम

714 पटक पढिएको

सम्पादक: Dhadingnews.com

images (1)धादिङ–सदरमुकाम धादिङबेसिमा आदिवासि जनजातिहरुका निम्ति आइ.एल.ओ १६९ र यूएनड्रिप घोषण पत्र बारे जानकारी दिने उद्देश्यले एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला विकास समितीको कार्यालय धादिङ र नेपाल आदिवासि जनजाति महासंघ जिल्ला समन्वय परिषद धादिङको संयोजनमा आदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपालले कार्यक्रमको आयोजना गरेको हो । आदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उप–सचिव प्रदिपलाल ब्रजाचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङका पुर्व अध्यक्ष एवम समानुपातिक तर्फका सभासद पशुराम तामाङको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा आदिवासि महिला मामिला संयोजक तथा अधिवक्ता लक्ष्मी राइले अन्र्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९ तथा आदिवासि अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय घोषण पत्र २००७ मा उल्लेख भएका आदिवासिहरुको भूमि तथा प्राकृतिक स्रोतसाधन माथिको अधिकार, विकास सम्बन्धि अधिकार, प्रतिनिधित्वको अधिकार, विशेष अधिकार , कानुनी अधिकार ,भाषिक,शैक्षिक, आर्थिक ,सामाजिक स्वास्थ्य तथा रोजगारिको अधिकार, राजनीतिक तथा आत्मनिर्णयको अधिकार लगायतको विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि ,पत्रकार, विभिन्न जातिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।