आईतबार सांझपख एकै छिन आएको असिना पानीले उत्तरी धादिङको दार्खा,झार्लाङ, सत्यदेवी,रिगाउं,सेर्तुङ, तिप्लिङ लगायतका विकटका वस्तिमा भर्खरै टुसा पलाएको मकै बालीका साथै तरकारी बाली ,आरु, आरुपखडा, नास्पाती,सुन्तला लगायतका फुल खेल्दै गरेका र चिचिला हालिसकेका फलफुल संगै नयाँ पात पलाईरहेको घांसपात, वोट विरुवा समेत पुरै नष्ट छन् ।
दार्खाका स्थानीयबासी तेजवहादुर तामाङका अनुसार उत्तरी धादिङका गाउंवस्तिमा असिनापानीले एक करोड बढीको क्षति भएको छ। ‘तरकारी , फलफूल र बाली मकै शत्प्रतिशत नष्ट भएका छन् घांस, बोट विरुवामा समेत क्षति पुगेको छ,’ उनले भने ।
असिनाले उत्तरी धादिङका किसानहरु मारमा परेका छन् । ६ इन्चसम्म परेको असिना पाँच घण्टासम्म जमेको थियो । गत बैशाख १२ र २९ गते र त्यो भन्दा अन्य समयमा पनि गएको प्रलयकारी भुकम्पले घरवार विहिन हुन पुगेर त्रिपाल र अस्थायी टहरोमा बसिरहेका पनि बिचल्ली वनाएको स्थानीयले वताएका छन । बस्तिनै संकटमा पार्ने गरी आएको असिना पानीले मानिसहरुको बिचल्ली पारिदिएको छ ।
-दार्खा गाविसको बृचेतमा सोमवार विहान सम्म जमेको असिना
तस्बिर : गोपाल फ्युवा /दार्खा