जलयात्राको पहिलो गन्तव्य त्रिशूली नदीमा फोहोर बढ्यो

2252 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- हिउँद होस या बर्ष त्रिशूली नदी सदावहार हिलाम्मे भएर बग्न थालेको पनि एक दशक बढि भईसकेको छ । जलयात्राका लागि कुनै बेला नेपालको सबैभन्दा लोकप्रिय गन्तव्यस्थलका रुपमा चिनिएको त्रिशूली नदीको धादिङ खण्डमा अहिले बिस्तारै जलयात्राको संख्या घट्दै गएको छ ।


नदी छेउ छाउमा बढ्दै गएको अव्यवस्थित बसोबास, नदी अतिक्रमण गरि सञ्चालन गरिएका बालुवा प्रशोधन गर्ने तथा क्रसर उद्योग, खानीहरु, विभिन्न उद्योग धन्दाका कारण त्रिशूली नदीमा फोहोर मिसाईदिंदा एक दशक अघि देखि नदीमा धमिलो दुर्गन्धित पानी वग्न थालेको हो । त्रिशूली नदीको सभ्यता संरक्षण, नदीमान बढ्दै गएको अतिक्रमण र प्रदुषण नियन्त्रणका लागि नागरिक स्तरबाट प्रयास हुंदै आएपनि सरकारी निकायको वेवास्ताका कारण त्रिशूली सफा हुन नसकेको हो ।

नदी प्रदुषण हुने क्रम न्ुवाकोट जिल्लाबाट शुरु भएर धादिङ जिल्लाभर कायम रहेको छ । नदीको छेउमा खोलिएका क्रसर, वालुवा धुने उद्योग र अन्य उद्योग धन्दाबाट निस्कने फोहोर सिधै नदीमा मिसाउँदै आएको पनि यस्को रोकथामका लागि स्थानीय तह देखि संघीय सरकारका जिम्मेवार निकायले खासै चासो देखाउन सकेका छैनन ।नेपालमा जलयात्राको प्रारम्भ सन १९६० मा त्रिशूली नदीको महेश दोभानबाट भएको इतिहास छ ।एक दशक अघि सम्म दिनहुँ जस्तो त्रिशूली नदीको किनारमा जताततै देखिने गरेको जलयात्राको टोली, नदीको वहावमा जुध्दै गरेका जलयात्रीहरुको मनमोहक दृष्य आजभोली निकै कम मात्रामा देखिने गरेको छ ख। नदीको पानी धमिलो हुंदै जानेक्रम बढेपछि जलयात्राको गन्तव्य पनि परिवर्तन हुन थालेको हो ।त्रिशूली नदीमा बालुवा प्रशोधनले प्रदूषण मात्र बढाएको छैन, पर्यटन व्यवसायलाई समेत नकारात्मक असर पारेको छ । कुनै वेला सफा र कञ्चन पानीका कारण दक्षिण एसियामै उत्कृष्ट र्‍याफ्टिङ गर्नमिल्ने नदीको उपमा पाएको त्रिशूली नदी पछिल्लो समयमा अतिक्रमणको चपेटामा पर्न थालेपछि निकै कम संख्यामा जलयात्रा हुने गरेको छ।

 ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ २०७६ साल जेठ २५ गते शनिबार त्रिशूली नदीको आदमघाट देखि  मलेखु सम्म ३१ औँ वार्षिक जलयात्रा उत्सव सम्पन्न भएको हो ।नेपालमा साहसिक जलयात्रा ¥याफ्टिङको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले जलयात्रा उत्सव गरिएको नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)ले जानकारी दिएको छ । जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्नका लागि नेपाल पर्यटन वोर्डको सहयोगमा नाराले उत्सव आयोजना गरेको हो ।

त्रिशूली नदीमा जलयात्रा आयोजना सम्पन्न भएको छ । शनिबार नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले ३१ औं वार्षिक र्याफ्टिङ महोत्वसका अवसरमा जलयात्रा आयोजना गरेको थियो ।जलयात्रा धादिङ जिल्लाको आदमघाटबाट सुरु भइ मलेखुमा पुगेर टुंगिएको थियो । जलयात्रा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको छ । यतिबेला जलयात्रा अन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने माध्यमको रुपमा विकास भइरहेको छ ।

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउन लागेको छ । त्यसका लागि पनि जलयात्रा महत्वपूर्ण हुने र पर्यटक आगमन बढ्ने व्यवसायीको आंकलन छ । नाराले प्रत्येक वर्ष त्रिशूली नदीमा जलयात्रा उत्सव मनाउँदै आएको छ । जलयात्राका लागि यो नदी निकै महत्वपूर्ण मानिने गरेको छ ।

 काठमाडौंबाट नजिकै पर्ने भएकाले पनित्रिशूली नदीमा आकर्षण बढेको हो ।त्रिशूली नदीमा जति आकर्षण बढ्दै गएको छ, त्यती नै यहाँको फोहोर व्यवापन चुनौतीको विषय बन्दै गएको छ ।जलयात्रा सुरु हुने स्थान आदमघाट सामान्य भएपनि अन्तिम गन्तव्य मलेखु भने फोहोरका कारण दुर्गन्धित नै छ । फोहोर व्यवस्थापन तथा ढल निकास व्यवस्थित नहुँदा जलयात्रा गर्नेहरुले निकै समस्या व्यहोर्नुपर्ने बाध्यता रहेको छ । जलयात्रा अवधिभर लिएको आनन्द अन्तिम समयमा सबै बिर्सने र यात्रुको मानस्पटलमा दुर्गन्ध मात्र बाँकी रहने गरेको छ ।साना ठूला नदीनालालाई पर्यटन र वातावरणका लागि संरक्षित गराउन, पर्यटन विकास, जलयात्रा र वातावरण संरक्षणका लागि खोलानाला जोगाउनुपर्छ भन्ने सन्देश दिनु, नाराका सदस्यलाई व्यवस्थित, मर्यादित र थप परिष्कृत गराउनु उत्सवको मूल उद्देश्य रहेको नाराले जनाएको छ  ।

नेपालमा रहेका करिब छ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुल्ला गरिएको छ । त्रिशूली नदी नेपालको पहिलो साहसिक जलयात्रा शुरुवात भएको नदी हो । नेपालमा सन १९६० बाट साहसिक जलयात्रा शुरू भएको थियो सन १९६० मा न्यूजिल्याण्डका नागरिक सर एडमण्ड हिलारीले नेपालमा साहसिक जलयात्राको शुरुआत गरेका थिए । त्यसपछि सन १९७५ मा नेपाल सरकारले साहसिक जलयात्राका लागि भन्दै विभिन्न १० ओटा नदीलाई स्वीकृति प्रदान गरेको थियो । सन् १९७५ पूर्व विदेशीहरूले मात्र व्यक्तिगत मनोरञ्जनका लार्गि ¥याफ्टिङको उपयोग गर्ने गरेको थियो । त्रिशूली नदीमा बढ्दै गएको प्रदुषणको कारण पछिल्लो समय जलयात्राको गन्तव्यस्थल बदलिंदै जान थालेको जलपर्यटन व्यवसायीहरु बताउँछन् ।

राजधानीको नजिक रहेको र पोखरा,भैरहवा, लुम्बिनी, सौराहा लगायतका पर्यटकीय गन्तव्य जान चाहने पर्यटकहरुको लागि सबैभन्दा उपयुक्त जलयात्रा मानिएको त्रिशूली नदीमा बढ्दै गएको प्रदुषणले नदीको अस्तित्व मात्रै होइन जलयात्रा पर्यटनमा भईरहेको लगानीमा समेत चुनौती थपिदिएको छ ।