द्वन्द्वकालीन मुद्दा ब्युँताउन नहुने सुजाता कोइरालाको भनाई

573 पटक पढिएको

सम्पादक: Dhadingnews.com

विराटनगरं ( धादिङ न्युज) –नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले द्वन्द्वकालीन मुद्दा ब्युँताउन नहुने बताउनुभएको छ । बिराटनगर विमानस्थलमा बुधवार संचारकर्मीसंग कुरा गर्दै कोइरालाले द्वन्द्वकालमा सबैदलबाट केही न केही गल्ती भएको बताउदै अब त्यसलाई बारम्बार कोट्याउन खोजे मुलुकमा अस्थिरता निम्तिने बताउनुभयो । द्वन्द्वका मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत नै हल गर्नुपर्ने भन्दै उहाँले सबैलाई मेलमिलापको बाटोबाट अघि बढ्न सुझाव पनि दिनुभयो ।