खहरेमा सिभिक बैकको लघु वित्त कार्यक्रम

613 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,६ बैशाख ः धादिङबेसीमा मुख्य कार्यालय रहेको सिभिक डेभलपमेण्ट वैकले जिल्लाका ग्रामीण वस्तिहरुमा लघुबित्त कार्यक्रम संचालनमा ल्याएको छ । लघुबित्त कार्यक्रम संचालन भएका क्षेत्रमा विपन्न महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउन आयआर्जन समुहमा आवद्ध महिलाहरुलाई विना धितो ५ हजार देखि ६० हजार रुपैया सम्मको लगानी गरिने सिभिक डेभलपमेण्ट बैकका महाप्रवन्धक प्रकाशमान वज्राचार्यले वताउनु भएको छ ।
logoवैकले जिल्लाको बैरेनी, आदमघाट,सांधभन्ज्याङ,टोडके,सल्यानटार र धादिङबेसीमा स्ंचालनमा ल्याएको र केही दिनमै त्रिपुरेश्वर गाविसको खहरेमा पनि कार्यक्रम विस्तार गर्न लागिएको उहांले जानकारी दिनुभयो । लघुबित्त कार्यक्रममा अहिले सम्म १५ सय महिला आवद्ध भईसकेको र चार करोड रुपैया लगानी गरिसकेको महाप्रवन्धक वज्राचार्यले जानकारी दिनुभयो ।