खर्च अभावले मर्मत भएन प्रशासनको मोटर

521 पटक पढिएको

प्रकाशित मिति: २०७१, ९ बैशाख मंगलवार ००:४०

सम्पादक: Dhadingnews.com

 

 

धादिङ,- खर्च अभावका कारण जिल्ला प्रशासन कार्यालय धादिङले विग्रिएको मोटर मर्मत गर्न नसकेको जनाएको छ ।
SAM_1367एक बर्ष अघि देखि विग्रिएर जिल्ला प्रशासन कार्यालय परिसरमा थन्किएको प्रमुख जिल्ला अधिकारी चढ्ने गरेको टाटा मोवाईल जिप अहिले सम्म मर्मत हुन सकेको छैन । मोटरमा इन्जिन लगायत अन्य समस्या देखिएपछि मर्मतका लागि प्रयास गर्दा दुई लाख भन्दा बढी खर्च लाग्ने अवस्था आएपछि मर्मतका लागि खर्च जुटाउन नसकेर मोटर थन्किन पुगेको प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलले वताएका छन ।
जिल्ला प्रशासन कार्यालयको परिसरमा वोरा र कागजले अगाडीको भाग छोपेर राखिएको छ । विग्रिएको मोटर मर्मतका लागि चाहिने खर्च कार्यालयमा नहुने र गृहवाट पनि रकम निकासा गर्न नसकिएपछि थन्काउनुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी पोखरेलले वताए । कार्यालयमा दुईवटा मोटर चालु अवस्थामा रहेका कारण पनि प्रशासनले मर्मतका लागि चासो नदेखाएको हुन सक्ने सर्वसाधरणको गुनासो छ । एक बर्ष अघि देखि जिल्ला प्रशासन कार्यालय धादिङले मोटरलाई कागज, प्लाष्टिकले थिचेर,घरको छानो छोपेजसरी राख्दै आईरहेको छ । प्रशासन कार्यालयमा सेवा दिन पुग्ने सेवाग्राहीहरु प्रशासन कार्यालय भित्र राखिएको मोटरलाई निकै चाख दिएर हेर्ने गर्दछन ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, ९ बैशाख मंगलवार ००:४० मा प्रकाशित