युवकमाथि खुकुरी प्रहार

572 पटक पढिएको

प्रकाशित मिति: २०७१, ११ बैशाख बिहीबार ००:४८

सम्पादक: Dhadingnews.com

 

 

धादिङ,  ११,वैशाख – सदरमुकाम धादिङबेशी स्थित पुछार बजारमा बुधबार साँझ स्थानिय युवकमाथि खुकुरी प्रहार भएको छ ।

५/७ जनामा आएका युवकहरुको समुहले निलकण्ठ ५ पुछारबजारका २२ वषिर्य काजी शाक्यलाई खुकुरी प्रहार गरेको स्थानियबासीले बताएका छन् । खुकरी प्रहारबाट युवक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । धादिङ जिल्ला अस्पतालमा सामान्य उपचारपछि घाइते शाक्यलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । खुकुरी प्रहार गर्ने युवकहरुको खोजी कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ । युवकको टाउको, नाक, ढाड लगायत शरीरको विभिन्न भागमा चोट लागेको छ ।

मुल सडकमा नै खुकरी प्रहारको घटना पछि सदरमुकामबासी त्रसित भएका छन् । घटनामा संलग्नको खोजी गर्न प्रहरी परिचालन गरिएको प्रहरी निरिक्षक बासुदेव थापाले जानकारी दिए ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, ११ बैशाख बिहीबार ००:४८ मा प्रकाशित