गोकर्ण लामिछाने ,(धादिङ गजुरी )
देशमा बाल दिवस मनाइरहँदा वास्तविक वालवालिकाका समस्याबारे भने समाज वेखवर जस्तै लाग्छ । राजधानीसँग जोडिएको धादिङमा रहेको चेपाङ बस्तीका बालबालिका त अन्य क्षेत्रका बालबालिकाको भन्दा पनि दयनीय छ ।
धादिङ गजुरीको भदौरे गाँउ पुगेका थिए बाल दिवस मनाउन । पृथ्वी राजमार्गबाट खास टाढा नपर्ने चेपाङ बस्तिका बालबालिकालाई अर्को गाउँमा रहेको भदौरे प्रावि स्कुल पठाउन उनीहरुका अविभावकलाई खासै चासो छैन ।
तर यी अवोध बालबालिकाहरु भने आफ्नो भविश्य खोज्दै खाली खुट्टा च्यात्तिएको कपडा लगायरै भएपनी क ख चिन्न स्कुल जान्छन् । घरमा बाबु आमाले घर कै काम गर्नु भनेर स्कुल नपठाए पनि आफु हरु स्कुल जसो तसो आउने गरेको कक्षा २ मा पढिरहेकी फुन्की चेपाङले बताइन् ।
करिव १ कोसको बाटो हिंडेर स्कुल जान्छन् चेपाङ बालिका । गाउँमा स्कुल छैन पल्लो गाउको प्रावी सम्म पुग्न पर्छ, जङ्गलको बाटो । घरमा आर्थिक अभाव छ कापी कलम किन्न सक्ने अवस्था नभएको उनीहरु बताउछन् ।
स्कुल जादै गर्दाबीच बाटोमै भेटिएका उनीहरु शुरुमा क्यामेरा देख्दा निकै लजाए । फोटो खिच्न मानेनन् । हातमा बोकेको किताबले मुहार छोपे । बिस्तारै दु:ख सुखका कुरा गर्न थालेपछी बल्ल आफ्ना कुरा भन्ने अनी क्यामरा अगाडी मुस्कुराउन थाले यी अवोध अनुहारहरु ।
यी अवोध बालबालिकालाई बाल अधिकार के हो केही थाहा छैन । तर क ख चिन्ने उत्कठ रहर छ यिनीहरुमा ।
यिनिहरुलाई कहिले छुन सक्ला हाम्रो बाल दिवसले ?
(साभार रेडियो धुंवाकोटवाट )