हजुरबाले चिनाएको जिन्दगी

831 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अचेल, मलाई आफ्नै घर आंगन पनि घामछाँया जस्तै लाग्छl

फुङ्ग उडेको कुहिरोबाट निस्केको अलिकति ऊज्यालो हो कि, जस्तोl मन अस्थिर छ।

‘मलाई गाउँ जाने मुड नै छैन यार l तँ जान्छस् भने जा न’ मैले अनुनय गरेँl

आफ्ना नाकको दुबै प्वालबाट धुवाँ फ्याँकेर, बाँकी ठूटो जुत्ताले कुल्चदै ठूलाघरे माइलाले मेरो मुखतिर एकनास ले हेरीरह्यो  l

‘आफ्नै घर आंगन पनि घामछाँया जस्तै लाग्छ रे? अरे क्या बात ? खुब साहित्यिक गफ गर्यौ त! बिहान-बिहानै भेली(मिठाइ) मिसाएको रक्सी पिइया छ कि कया हो हँ? झम्म बनाएको छ र?’

माइला, रुन्चे लवजमा जोडसँग करायो, ‘किन गाउँ नजाने भयौ त दिले ?’

अक्सर, चिन्ता मा डुबिरहेका मानिस रक्सी नपिए पनि, रक्सी पिएजस्तै देखिन्छन् l साँचो अर्थमा तिनीहरु रक्सी पिउँदैनन्l

आखाँमा आबेग र उत्तेजना देखिने चिन्तनकारीहरु सबै जड्याहा हुँदैनन्l म मनमनै गम खान्छुl

अनि म माइलालाई जिस्काउँछु ‘त्यस्तो केही पनि होइन यार माइला, यसपलि मलाइ गाउँ जाने मुडै छैन, त्यत्ति होl’

फेरि भन्छु ‘म रक्सी त काँ पिउछु र? त्यै कैलेकाहीँ रक्सीले मलाई रातभरि नै पिउँछ l’

यस्तै हुन्छ। मैले पिएको हर दिन। उज्यालो भएपछि म आफ्नो बाटो लाग्छु, अनि हदैसम्म सबलाई सम्मान गर्न मन लाग्छ, अनि हरेक दोबाटा, चौबाटा सबलाई नमस्कार गर्छुl

माइलो जोडले हाँस्योl

मान्छेहरु हामीलाई फर्कीफर्की हेर्थे।

फेरि अर्को पाइन चुरोटको खिल्ली सल्कायोl यसपटक भने उसले नाक बाट धुवा फ्याँकेनl

माइला चिया र चुरोट भनेपछि मरेको पनि जाग्छ, सायदl

फाल्तु कुरा गर्नमा कसले जितोस् उसलाई। बिहानभरि चिया अड्डामा बस्यो गफ चुट्यो।

चुरोट र चियाको लतबाट उम्किन सकेको छैन। उस्को नाम नै “निकोटिन” राखिदिउँ कि जस्तो हुन्छ मलाई तl

उसले फेरि दुई कप चिया अडर गर्‍यो।

जब म हुन्छु, गाउँको बारेमा सोँच्छु, अनि म बिल्कुल पागलजस्तै हुन्छुl मन झनै अस्थिर हुन्छ। थाहा छैन, सम्झना का कुइनेटाहरु किन हराउन्नन्?

हो! एउटा हजुरबुवाको माया ले कति फरक पार्ने रहेछ जिन्दगीमा?

आशुको ढिका खस्नै लाग्दा सम्हाल्छु। कता कता भित्र मुटुमा एउटा आवाज आउँछ, कता कता ठोक्किएरl  थाहा छ, यो आवाज मेरो कानमा गहिरो पीडा बनेर जीवनभरि गुन्जिरहने छl

करिब दुई साता अगाडिको एक मध्यरातl मणिपाल अस्पताल, पोखराको इमर्जेन्सी कोठाबाट हजुरबुवाले टेलिफोन गर्नु भएको थियोl मनिपाल अस्पतालमा भूतपूर्व बेलायति सैनिकलाई सस्तो मूल्यमा उपचार हुने भएकाले हजुरबुवा बिरामी पर्दा प्राय मणिपाल अस्पताल नै जानुहुन्थ्योl

जोश सकिएको मधुरो आवाजमा मैले हजुरबुवालाई सुनेको थिएँ।

‘मेरो प्यारो नातिबाबु, म भोलि बिहानसम्म मरिसक्छु होला l नाकबाट घुसाइएको पाइपको अक्सिजनले मेरो फोक्सो भर्न सक्दैनl म मर्दैछु नातिबाबुl म निकै बुढो पनि भैसकेछु, अब त म थाक्छु l तिमि अलि सुरो मान्छे छौ, हुलमुल मा कहिल्यै नजानु, आफ्नो परिवारको ख्याल राख्नु, अरुलाई चित्त दुख्ने गरेर बोल्दै नबोल्नुl नातिनिलाई पनि यही कुरा भनिदिनु हैl’

नातिनी, अर्थात् मेरो ठूली बिहिनी, जस्ले हजुरबुवालाई थाहै निदएर भागेर बिहे गरीl त्यतिखेर हजुरबुवाको मन कम्ती कुँडिएको थिएन l हजुरबुवाको प्यारो नातिनी किन भागेर गई? किन खोपीमा चिठी छाडेर नौडाडा काटेर गई?

भावबिह्वल अवस्थामा हजुरबुवालाई सुनिसकेपछि म बेस्सरी रोएको थिएँ।

माइला चियाको कप उचालेर मेरो छेउमा उभिएको थियो।

उसलाई म गाउँ नजाने कुरा मात्र थाहा छ तर, म किन गाउँ जाँदिन भन्नेबारेमा केही थाहा छैन। मबिना उसले गाउँमा समय बिताउन सक्दैनl नदीमा माछा मार्न सक्दैन l बाटोमा हिडीरहेका स्कूले केटीहरुलाई जिस्काउन पनि सक्दैन।

अर्को खिल्ली सल्काइसकेको छ।

‘भन न,यार दिले यसपालि गाउँ किन नजाने?’

घरमा हजुरबुवाले भन्नुहुन्थ्यो-

‘दुई दिनको जिन्दगीमा कहिले थाल पाइन्छ, भात पाइन्नl कहिले भात पाइन्छ तर, थाल पाइन्नl जीनन निकै छोटो भएपनि यादहरु लामो-लामो हुन्छन्। छोरा मान्छे भएर सितिमिति रुनु हुँदैन। रुन मन लागिहालेछ भने पनि कसैले नदेख्नेगरी एकान्त ठाउँमा बसेर धित मरुन्जेल रुनुपर्छ’ भन्नुहुन्थयो ‘एक दिन मात्रै बाँचे पनि नौ लाख तारा देख्न पाइन्छ यस्तो सुन्दर जिन्दगि दुईचोटी पाइँदैन।’

घर मा हजुरबुवा हुनुहुन्थ्योl घर को खाँबो बलियो छ जस्तै लाग्थ्योl अब त सबै उदाङ्गो झै लाग्छl कतै हराएजस्तोl कतै गुमाएजस्तोl कतै लरबराएजस्तोl मलायाको लडाइमा सयौ दुश्मन लखेटेर तक्मा जित्नु भएको मेरो जहुरबुवा आफ्नै जीवनसँग भने सजिलै हार्नुभयोl

अब फक्ल्यान्डको लडाइमा पानी पिउने “टुमलेट” हराउँदा तिर्खा लागेर झन्डै मरेको सम्झना कस्ले सुनाउँछ?

‘तँलाइ पनि सधैभरि लडाइकै कुरा गर्नुपर्छ, लडाइँकै कुरा सुन्नुपर्छ हैन?’ माइला नराम्रोसँग बिच्कियोl

‘त्यसो होइन यार कान्छाl जहुरबुवा आफै मा एउटा लडाइँजस्तै हुनुहुन्थ्योl मृत्युबाहेक जीवनमा उहाँले सबलाई जित्नुभयो।’

जीवनको अन्तिम दिनमा हजुरबुवाले आखाँभरि आँसु पोखेर डाक्टरको हात फुत्किनै नसकिने गरी मुठीमा बेस्सरी कसेर आफूलाई घर पठउन अनुनय गर्नुहुन्थ्यो।

हजुरबुवा भन्नु हुन्थ्यो ‘मलाइ शिशै- शिसा कोठामा बस्न मन छैनl म आफ्नै घर-आगन माथि को खुल्ला आकाश हेर्दै मर्न चाहान्छुl’

कसैले उहाँको त्यो बोली सुनेनन्।

अन्तत;

हजुरबुवा त्यही बन्द कोठाभित्र सदाको लागि आखाँ चिम्लिनुभो।

फेरि आखाँभरि हजुरबुवाको तस्विर आयो। कालो इष्टकोट र मैलो नेपाली टोपी अनि समात्ने टुप्पामा चराको चित्र अंकित त्यो बुढेसकालको साहारा भुवाले काठको लठ्ठी! मानसपटलको वरिपरि केबल हजुरबुवा नै हजुरबुवा घुमी नै रहनुभो।

हजुरबुवाले नातिनीलाई खुब माया गरेर हुर्काउनुभयो l ऊ झगडा गरेर रुँदा दिनभरि बोकेर डुलाउनुभयोl नातिनीलाई कहिल्यै रुन दिनुभएनl नातिनी हुर्कीबढी, ठूली भई, ऊ आफ्नो बाटो लागीl बिरामी र डाडा माथिको घामजस्तै हजुरबुवालाई उस्ले एकआखर जान्छु पनि भनिनl खोपामा सानो कागजमा चिठी लेखेर छाडेकि थिइ रे-

आमा, दाइ अनि हजुरबुवा…

मलाई कता हराई भनेर गाउँभरि नखोज्नुl म हराएकी छैनl हजुरबुवाले मेरो चिन्ता गर्नुहुन्छl उहाँलाई आमाले सम्झाइदिनु होला नि त l म त बिहे गरेर हिँडेl आमालाई थहा नै छ l भनेकी पनि छुl दाइ र हजुरबुवाको कुरा हो, उहाँहरुले मलाइ खोज्नुहुने छैनl

ल त बाइ !

…..

‘त्यसैले म यसपाली गाउँ जान्न माइला’ ऊ मलाई नै हेर्दृ थियो।

म हजुरबुवाबिना को घर-आगन टेक्न पनि सक्दिनँl उहाँ बिनाको घर देख्न पनि सक्दिनँl

तोपको गोला बोकेर बर्माको पहाड उक्लिदै गर्दा जंगली हात्तिले घेरेर धन्नै मारेको घटना अब मलाई कस्ले सुनाउँछ? भियतनामी महिलालाई धन्नै बिहे गरेको मिठो गरेको सम्झना कस्ले सुनाउँछ?

लाहुरबाट कम्मरमा नौ तोला सुन बाँधेर घर फर्कदा सुनौलीमा लुटिएर बेहोस बनेको तीतो सम्झना अनि अघिपछि दर्जनौ भरियाको साथ गाउँमा आइपुग्दा बाटोभरि स्वागतमा बाजा बजाउने जमनाको कुरा अब कसले भन्छ?

को सुनाउँछ फोक्लानको पहाडमा भोकभोकै नौ दिनसम्म हिँडेको बेदना? पहिलो पटक पानि जहाज चढेर मलायाको गल्लीहरुमा घुम्दा आफ्नो प्यारो पहाड घरको याद मेटाउन बषौसम्म रुनु परेको कथा कसले सुनाउँछ?

‘त्यसैले म यसपालि रित्तो-गाउँ जान्न माइला, तँ जाने भए जाl’

केहि दिन अगाडि मइला मलाया हिँसकेछ।