झोलुङ्गे पुल नेताको ‘चुनावी नारा’मात्रै
927 पटक पढिएको
भाषण गर्दा बिजुली पुल
हाल्छु भनि गर्याबथ्यौ कबुल।
बिर्स्यौ कि अहिले, खबर लिआउनु भन्थे सबैले।।
भर्नु मैले जनता कि मेरो पेट
गैसक्या थ्यो चुनावमा गैह्री खेत।
घरखेत नजुटाई, के को काम गर्नु र साउँ व्याज नउठाई।।
गीतको भावले नै बताउँछ। २५ वर्षदेखी पुलको चर्चा चलेको विषय उनी नेता र जनाको दोहोरी उनको यो काल्पनिक नभई बास्तविक जीवनमा आधारित पीडा मिश्रित भावना व्यक्त भएको हो। उनीहरुले २५ वर्ष भयो कष्टकर तुइनबाट छुट्कारा दिलाइदिन नेतासंग पुल मागेको। पुल माग्दै जिल्ला विकास समितिमा डेलिगेशन पनि गए तर अगाडी भेट्दा कसैले हुन्न भन्दैनन्। अहिलेसम्म पुल तर्न पाइएको पनि छैन।
हरेक पटकको निर्वाचनमा राजनीतिक दललाई भोट माग्ने बहाना बनेको छ तुइन्। कांग्रेस, एमाले र एमाओवादीले चुनावमा भोट माग्न जाँदा तुइनको समस्या राख्ने जनतालाई आफ्नै समस्या झैं बनाएर कुरा गर्छन्। तर जितेर गएपछि फर्केर हेर्दैनन्। पटक-पटक नेताले ढाँटेको हुँदा यहाँका जनता अब पनि पुल आउने कुरा गरे पत्याउदैनन्। खेतमा काम गर्दै गरेका सीताराम सेढाइलाई तुइनको समस्या बारे प्रश्न गर्दा उनले झ्याउरे गाएर उत्तर दिए।
२०४६ मा बहुदल आउँदा पोखरा पुगेर फर्किएका नेपाली कांग्रेसका नेता एवं जनआन्दोलनका कमाण्डर गणेमान सिंहलाई सलाङघाटमा भएको चियापान समारोहमा यहाँका जनताले तुइनमा कष्ट भयो भन्दै झोलुङ्गे पुल मागेका थिए। सिंहले पनि तत्कालै पहल गर्ने आश्वासन दिए। त्यस पछिका हरेक निर्वाचनमा कांग्रेस र एमालेका उम्मेद्वारसँग भोट माग्न आउँदा पुल माग्न छाडेका छैनन्। वरपर तुइन भएको ठाउँमा झालुङ्गे पुल भइसक्दा पनि आफ्नो हालत उस्तै भएपछि गएको निर्वाचनमा यो विषय अलि बढी नै चर्चा भयो। यहाँका जनताले आफ्नो क्षेत्रका उम्मेद्वारहरुलाई सकेसम्म पारी लगेरै पीडा सुनाउने योजना बुने। जान नसक्नेलाई तुइनमै बोलाएर देखाए। पूर्व सांदस एवं कांग्रेस धादिङका सभापतिसमेत रहेका क्षेत्र नं-२ उम्मेद्वार रामनथ अधिकारीलाई गाउँमै पुर्या ए। तत्कालिन सभासद एवं एमाओवादी उम्मेद्वार कल्पना धमला र एमाले उम्मेद्वार गुरुप्रसाद बुर्लाकोटी र एमाले पोलिट्व्युरो सदस्यसमेत रहेका तुइनको पल्लो मुख भएको क्षेत्र नं-३ का उम्मेद्वार राजेन्द्र पाण्डेलाई तुइनमै बोलाएर बाचा कसम खुवाए। स्थानीय रामशरण सेढाई भन्छन् रामनाथले पुल परिसकेको अब छिट्टै काम सुरु हुने भन्दै आफुलाई भोट दिन आग्रह गरे।
कल्पनाले एउटा पुल मेरो खल्तिमै रहेको भन्दै मैले जिते पनि नजिते पनि मंसिर दोस्रो सातादेखि काम सुरु गर्ने आश्वासन दिइन्। ‘एमाले नेताहरुलाई पनि पारी लान खोजेका थियौं,’ एमाले नेता राजेन्द्र पाण्डेको भनाई उद्धृत गर्दैं सेढाइले भने, ‘तुइनबाट पारी जान सम्भव भएन हामीले पीडा बुझेका छौं जसरी पनि यहाँ पुल बनाउन पहल गर्छौं भनेका थिए।’ पाण्डेले त रातो किताबमा उल्लेख भैसकेको छ अब तपाईको भन्दापनि मेरो चिन्ता भयो ढुक्क हुनुस् भनेर तुइनकै मुखबाट फर्किए। नेताहरुले बोलेको बोली पुरा नहुँदा यहाँका जनता भन्छन्, ‘जुन जोगी आएपनि कानै चिरेको।’
तुइनको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई ओंठ बिगार्दै ७५ वर्षीय लीलानाथ सेढाईँले भने, ‘२५ वर्ष भयो यो तुइनको कुरा चलेको फेरि पनि चुनाव आउन लागेको हो र? हामीले जागिर चाहियो, खानेकुरा देउ भनेका छैनौं उनीहरुलाई पनि हिँड्न मिल्ने एउटा पुल बनाइदेउ भनेका न हौं। दिन्न भन्दैनन् दिँदा पनि दिँदैनन्।’
‘झोलुङ्गे पुल नहुँदा यहाँको उर्वरटार बाँझै छ। तरकारी फलाएर के गर्नु पारी तार्न सकिन्न,’ सीताराम सेढाइले भने, ‘तरकारीको मौसममा यहिँबाट दैनिक ७० देखि ८० क्वण्टल पारी तार्नुपर्छ। तरकारी तार्न बिहानदेखि पालो कुर्दा साँझ ७ बज्छ। एक भारी तार्न बलियो मानिसलाई कम्तिमा पाँच मिनेट लाग्छ। हाते लठ्ठा तान्नु पर्छ।’
एक क्वीण्टलको भारी बोकेर उकालो ओरालो हिँड्न सजिलो हुन्छ तुइनमा तार्न ज्यादै सकस हुने उनीहरु बताउँछन्। वर्षौदेखी ममर्त सम्भार नगरिएको तुइनको लठ्ठाको तार टुक्रेर करौंतीको धार जस्तो बनेको छ। तुइनको लठ्ठा तान्दा-तान्दा यहाँका स्थानीयको हातको छाला मरेको छ। तारले काटेर छियाछिया भएको हात देखाउँदै रामशरण सेढाइले भने, ‘तुइन तान्दा हातबाट रगत नबगेको दिन हुँदैन।’ खिया लागेको तुइनले काटेको हातको उनले उपचार गराएका छैनन्।
‘अघिपछि त दुःख गरेर जसो तसो हिँडौंला तर रात साँझ बिरामी र सुत्केरीलाई समयमै अस्पताल पुर्यािउन कठिन छ। सुत्केरीलाई कोक्रोमा राख्न मिल्दैन। पारी तार्ने उपयुक्त विकल्प छैन। अधिकांश महिला जोखिम मोलेरै घरमै सुत्केरी हुन बाध्य छन्। रातीको समय थियो मेरी श्रीमती मञ्जुलाई सुत्केरी व्यथाले च्याप्यो। तुइनबाट लान सम्भव थिएन। घरमै गराउँदा जोखिम हुन्थ्यो। पारीपट्टी भएको र्यावफि्टङ कम्पनीमा मेरो चिनजान थियो। फोन गरेर र्याजफि्टङको सहायता मागें तर हावा निकालेर राखिएको बोटमा हावा भर्न थाल्दा घण्टौं लाग्यो। व्यथाले छटपटाएकी श्रीमतीलाई घण्टौं कुराएर बल्ल पारी पुर्यााइयो र बचाइयो,’ सेढाइले भने।