कोटवाडा हत्याकाण्डको तेह्र बर्ष -परिवारले अहिले सम्म लास पाएन

946 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

kotwaadaaधादिङ- मजदुरीका लागि देशका विभिन्न जिल्लाबाट  कालिकोट जिल्लाको कोटवाडा गाविसको  सुन्थराली विमानस्थल निर्माणमा संलग्न रहेको बेला सेनाले घेराबन्दी गरेर चलाएको गोलीबाट ३५ जना मजदुर मारिएको १३ बर्ष लागेको छ ।

    विमानस्थल निर्माणका लागि धादिङ जिल्लाको जोगिमारा,धुषा लगायतका गाविसबाट कोटवाडा पुगेका १७ जना र देशका अन्य जिल्लाका गरी ३५ जना मजदुरलाई माओवादी हुनसक्ने आशंकामा २०५८ फागुन १२ गते  सुरक्षाफौजले गोली हानी हत्या गरेको थियो । हत्या भएका सबैजसो धादिङका अति विपन्न चेपाङ र एक दलित परिवारका सदस्यहरु रहेका थिए ।
कोटवाडा घटनामा निर्दोष मजदुरहरु मारिएको भन्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रवाट व्यापक विरोध हुंदै आईरहेको छ । कोटवाडा घटनाको सर्वत्र विरोध भएपछि सरकारले त्यहां मारिएका मजदुरका  परिवारलाई प्रतिव्यक्ति ३ लाखका दरले राहत दिने निर्णय गरेको थियो । कालिकोटको कोटवाडामा बनिरहेको सुनथराली विमानस्थल निर्माणका लागि धादिङ, रामेछाप, सिन्धुली लगायतका ठाउँबाट मजदुर लगिएको थियो । तर ति मजदुर माओवादी र सेनाको द्धन्द्धको चपेटामा परेका थिए ।  । कोटवाडा घटना हुनु केही दिन अघि मात्रै माओवादीले अछाम सदरमुकाम मंगलसेन आक्रमण गरेर भागेका थिए । माओवादीलाई पछ्याउँदै आएको सेनाको हेलिकप्टर बस्न नदिन माओवादीले कामदारलाई हातमा समाएका बेल्चा, गैटी, साबेल ठड्याउन लगाएर माओवादीहरु भने  त्यहाँबाट सुरक्षित स्थलतर्फ भागेका थिए ।   माओवादी त्यहाँबाट भागेपछि सेनाले घेराबन्दी गरेर चलाएको गोलीबाट ३५ जना मानिस एकै चिहान भएका थिए। त्यसमा  धादिङ जोगिमाराका एकै गाउँका १७ जना, नेपालकै अन्य भागबाट त्यहाँ गएका कामदार, ठेकेदार, स्थानीय बासिन्दा र दुईजना बालकसमेत ३५ जना जनाको ज्यान गएको थियो । कमाउन गएका घर मुली तथा परिवारका सदस्यहरु मारिएपछि जोगिमाराका विपन्न चेपाङ र दलित परिवारको अहिले  बिचल्ली भएको छ । 

२०५८ मङ्सिरमा कालीकोटको कोटवाडा विमानस्थल खन्न काम पाइने खबर फैलिएपछि धादिङको जोगीमाराका १७ जना कामको खोजी गर्दे ऋण काढेर कालीकोट गएका थिए । १२ बर्ष वित्यो उनिहरु अहिलेसम्म घर फर्किएका छैनन् ।  उनीहरूले आफन्तलाई कसैले मारेको देखेका छैनन् । उनीहरूले लास पनि  पाएका छैनन् । ती १७ भाइका परिवार अहिले सम्म दोमनमा पिल्सिएका छन् । एक मनले भन्छ उनीहरू मरिसके । अर्काे मनमा भने बाँचेकै होलान् कि भनी झिनो आशा उनिहरुमा बांकी नै छ  ।

(कोटवाडा विमानस्थलको तस्बिर इकान्तिपुरबाट )