चेपाङ बस्तीका कलिला आमाहरु (फोटो फिचर)

774 पटक पढिएको

सम्पादक: Dhading News

1ff3d2ef96437ef3a0ef66c1467f12da_L
धादिङ-जोगिमारा–५ केसराङकी १६ वर्षीय सन्तमाया चेपाङ एक महिनाकी सुत्केरी हुन्। जोगिमाराकै वडा नं. ६ स्थित रोवाङकी २१ वर्षीय सरिता ३ सन्तानकी आमा। उनको पनि पहिलो सन्तान पाँच वर्षको पुग्यो। २४ वर्षीय सूर्यमायाले सात सन्तान जन्माइन्। १५ वर्षको उमेरदेखी बच्चा जन्माउन थालेकी उनको साथमा अहिले एक मात्र सन्तान बाँकी छन्। Santamaya chepang
धादिङको विकट वस्तिहरुमा सन्तमाया सरिता र सूर्यमाया प्रतिनिधी पात्र मात्र हुन्। यहाँ विकटका चेपाङ समुदायको बसोबास रहेको प्राय सबै वस्तिहरुमा अधिकांश किशोरी कलिलैमा आमा बन्न बाध्य छन्। Syanimaya cjepang १४ वर्षमा विहे गरेकी सन्तमाया सुत्केरी अवस्थामा उचित स्याहार नपाउँदा बच्चालाई पुग्नेगरी दुध चुसाउन नसकिएको बताउँछिन्। पृथ्वी राजमार्गको हुग्दी खोलामा गाउँ जाँदै गर्दा भेटिएकी उनी चिउरा र दालमोठ खजा खाँदै थिइन्। दुवै स्तनमा खटिरा आएर समस्यामा परेकी उनको बच्चाले आमाको स्तनपान गर्न नपाउँदा शिशुको समेत स्वास्थ्य विग्रिएको बताईन् । Sarita chepang 2 सुर्यमायाको ९ दिनदेखी ५ महिनासम्माका ५ वटा जन्मिएर पनि बाँचेनन्। एउटा पाँच महिनाको गर्भ खेर गयो। उनले १४ वर्षमा विहे गरेको बताइन्। १५ वर्षको उमेरदेखी बच्चा जन्माउन थालेकी उनले अझै यो क्रम बाँकी नै रहेको बताइन्। गरिवी, भौगोलिक विकटता र शैक्षिक चेतनाबाट पछाडी परेको कारण धेरै सन्तान जन्माउने प्रचलन कायम रहेको चेपाङ अधिकारकर्मी एवं पत्रकार उद्दव चेपाङ बताउँछन्। जन्मिएर केही दिन, केही महिना बाँचेर शिशु मर्ने खतराका कारण पनि यहाँ धेरै सन्तान जन्माउने प्रचलन कायमै रहेको उद्दव बताउँछन्। यहाँका महिलाले कम्तिमा आधा दर्जन वा सो भन्दा माथी सन्तान जन्माउने गरेको पाइन्छ। Shantamaya सामान्य ज्वरो, टाउको दुखेपनि उपचार गर्न पाँच घण्टा हिँडेर जोगिमाराको मझिमटार पुग्नु पर्छ। धादिङका अन्य डाँडाकाँडा ग्रामीणसडक खनेर माकुरे जालो जस्तै बनेको छ तर यहाँ सडक सुविधा पुगेको छैन। गाउँमा विरामी परेकालाई झाँक्रिले मन्तरेर निको पार्ने अन्ध विश्वासमा अस्पताल लैजान चाहँदैनन्। यहाँका जनता आधारभुत स्वास्थ्य सुविधाबाट समेत बञ्चित छन्। यहाँका कोही पनि सुत्केरी गराउन स्वास्थ्य संस्था नगएको स्यानीमाया चेपाङ बताउँछिन्। उनले ९ सन्तान घरमै जन्माइन् अहिले साथमा ३ सन्तान मात्र जीवित छन्। Shantamaya ra sarita यहाँका छोरी चेली १३ देखी १६ वर्ष भित्र विवाह भैसकेको हुन्छ। गाउँमा पाँच कक्षासम्म पढाई हुने विद्यालय छ। थप पढ्न जान नजिक विद्यालय छैन। ५२ घर चेपाङ वस्तिमा आधाजसोको ५ महिना आफ्नै कमाइले खान पुग्छ। बाँकी समय ज्याला मजदुरी र कन्दमुलको खोजी गरेर पेट पाल्ने स्थानीय टोपलाल चेपाङले बताए।

– नागरिक न्यूज डट कमबाट