शिक्षाको नाममा व्यापार बढ्न थालेपछि , वोर्डिङ छाडेर सामुदायिकमा आकर्षित

981 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC02547धादिङ, ८ बैशाख – शिक्षाको नाममा निजी बिद्यालयहरुले विभिन्न वहानामा अभिभावकसंग चर्को शुल्क असुल गर्नेक्रम बढ्दै जानथाले मध्यमवर्गिय अभिभावकहरु निजी बिद्यालयको विकल्प खोज्न वाध्य भएका छन ।
निजी बिद्यालयमा आफ्ना वालवालिकालाई पढाउंदा हरेक बर्ष नयाँ पाठ्यपुस्तक खरिद गर्नुपर्ने, विभिन्न शिर्षकमा जवरजस्ति शुल्क तिर्नुपर्ने लगायतका समस्या भोग्न अभिभावकहरु वाध्य हुने गरेका छन । शिक्षाको नाममा नाफा कमाउने व्यापार संचालन गरिरहेका वोर्डिङमा आफ्ना छोराछोरीलाई पढाउन मध्यमवर्गिय अभिभावकहरु असमर्थ वन्दै जान थालेका छन । निजी विद्यालयको महंगो खर्चले आजित भएका अभिभावकहरु यतिवेला आफ्ना छोराछोरीलाई लिएर नजिकैको सरकारी बिद्यालयमा भर्ना गर्न जानुले पनि शिक्षाको नाममा भएको व्यापारमा हरेक दिन प्रताडित बन्नु भन्दा सरकारी बिद्यालयको पठनपाठनमा छोराछोरीलाई सहभागी गराउनु अभिभावकहरुको लागि राहत हुन थालेको छ ।
DSC02549सदरमुकाम धादिङबेसीको बालमन्दिर माध्यमिक विद्यालयमा यतिवेला वोर्डिङ छाडेर गएका बिद्यार्थीहरुको भर्नाको लागि लाईन लाग्न थालेको छ । बिद्यालयले प्रदान गर्दै आईरहेको गुणस्तरीय शिक्षाका कारण अभिभावकहरु ढिलै भएपनि सामुदायिक बिद्यालयमा छोराछोरीलाई पढाउनु पर्छ भन्नेमा पुगेको अभिभावक सबिन गुरुङले बताउनु भयो ।
वालमन्दिर माविमा नयाँ बिद्यार्थीको आकर्षण बढ्नुमा गुणस्तरीय शिक्षा, शिक्षकहरुको लगनशीलता, अङग्रेजी माध्यमबाट पठन पाठन र विद्यालयको कुशल ब्यबस्थापननै मुख्य कारण भएको शिक्षक.राधिका सिंखडा बताउनुहुन्छ । नीजि विद्यालयका विद्यार्थीहरुको तुलनामा सरकारी विद्यालयका विद्यार्थीहरुको शिक्षा र पढाईको बुझाईमा समेत फरक पाइएको उहाँको भनाई छ । नीजि विद्यालयमा कक्षा ५ पास गरी आएको विद्यार्थीहरुलाई परीक्षा लिदाँ नेपालीमा आफ्नो नाम समेत लेख्न नजान्ने विद्यार्थीहरु समेत फेला परेको सिंखडाको दावी छ ।
DSC02545सदरमुकाम र आसपासका वोर्डिङबाट विद्याथीहरु वालमन्दिरमा भर्ना हुन आउनेक्रम बढ्न थालेपछि बिद्यालयले प्रवेश परीक्षा लिएर मात्र भर्ना शुरु गरेको छ । हरेक बर्ष वालमन्दिरमा भर्ना गर्न आउँने नयाँ विद्यार्थीहरुको चाप बढेसंगै यस विद्यालयको नतिजामा पनि सुधार ल्याउन चुनौती थपिने गरेको बिद्यालयको भनाई छ ।
बुधबार देखि भर्ना अभियान सुरु भए पनि दिनमा नयाँ तथा पुराना विद्यार्थीहरु भर्ना गराउन आउनेको संख्या १ सय पुग्ने गरेको शिक्षका सिंखडाले बताउनु भयो । १५ जना महिला शिक्षकहरुले मात्र संचालन गरिरहेको बाल मन्दिर माविमा गत शैक्षिक सत्रमा ७ सय ५० जना विद्यार्थीहरुले अध्ययन गरेका थिए ।