युवा विदेश पलायन गाउँबस्ति सुनसान वन्दै

867 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (2)धादिङ–गाउंका अधिकासं युवाहरु वैदेशिक रोजगारीमा जानेक्रम बढ्न थालेपछि गाउंवस्ति युवाविहीन बन्न थालेको छ ।
युवाहरुले गाउं छाड्नेक्रम बढ्दै जांदा गाउंघरमा हुने विकास निर्माण देखि धार्मिक,सांस्कृतिक कार्य समेत प्रभावित हुने क्रम बढेको छ ।
दक्षिणी धादिङको तर्सपु गाँउ विकास समिती वडा नम्वर १ धैरेनीका कामका सिलशिला वा रोजगारीको सिलशिलामा खाडि मुलुकमा जादा गाँउको विकास कार्य पनि पछाडी पदै गएको छ ।
गाउंमै रोजगारीको अवसर नभएकाले बढ्दो वेरोजगारी,देखासिकी,आर्थिक संकट जस्ता कारणले युवाहरु गाउँ छाडेर विदेशिनेक्रम बढ्न थालेको छ । सामान्य जिवन निर्वाहका लागि पनि ऋण खोजेर व्यवहार चलाउनु पर्ने भएपछि युवाहरुले जतिसुकै समस्या परेपनि वैदेशिक रोजगारीलाई आफ्नो गन्तव्य वनाउने गरेको पाईएको छ ।
जिल्लाका अधिकांश गाउं वस्ति पछिल्ला दिनमा युवाविहीन बन्न थालेको छ ।वैदेशिक रोजगारीमा नगएकाहरु प्नि गाउं छाडेर विभिन्न पेशाका लागि राजधानी तथा अन्य स्थानमा जाने गरेका छन । युवाहरु गाउंमा नहुंदा गाउंघरमा कोही विरामी पर्दा,अन्य आपतकालिन अवस्था आईपर्दा सहयोग गर्ने मान्छे पाउनै मुस्किल हुन थालेको तसर्पु गाविसका पत्रकार गोविन्द सुवेदी बताउनुहुन्छ ।
गाँउमा विद्यालय, सामुदायिक भवन जस्ता निर्माणका काम गर्नका लागि वाहिरी गाउंबाट मान्छे ल्याएर ज्यालामा काम लगाउनु पर्ने वाध्यता रहेको राष्ट्रिय प्रावि तसर्पु धैरेनीका भरत लुंगेलीको भनाई छ । काम गर्न सक्ने युवाहरु कि त खाडी तिर छन कित शहर वजार तिर छन । गाउं महिला, वालवालिका र जेष्ठनागरिक मात्रै वस्ने ठाउं हुन थालेको छ । ढुङगा मुडा बोक्ने काम गर्नका लागी समेत अन्य गाउँबाट मान्छे मगाउन परेको छ विद्यालय व्यवस्थान पन समितीका अध्यक्ष ज्ञानेन्त्र लुगेली मगरले बताए । तसर्पुको धैरेनी गाउंमात्रै होइन जिल्लाको अधिकांश गाउंवस्तिको समस्या भनेकै गाउं युवाविहिन बन्न थालेको धेरैको गुनासो छ ।
गाउंघरमै केही गर्न सकिन्छ कि भनेर लगानी खोजेर काम गरेकाले पनि ढुक्क संग काम गर्ने अवस्था नहरेको धैरेनीमा नै अर्याल बाख्रा पालन फर्म स्थापना गरी व्यवसायिक रुपमा वाख्रा पालन गरिरहनु भएका युवा उद्यमी केशव अर्याल वताउनुहुन्छ । अरु विदेश गएको देखेर विदेशको सपनामा लागेर पासपोर्ट वनाएपनि गाउंमै केही गर्नुपर्छ भनेर विदेश मोह त्यागेको अर्यालको भनाई छ ।
कृषि र पशुपालन नेपालीहरुको पुरानो पेशा भएपनि नयां पुस्ताले यसतर्फ खासै चासो नदिंदा सानो तिनो आय आर्जनका लागि पनि अरुको मुख ताक्नु पर्ने अवस्था बन्दै गएकाले गाउं गाउंमा व्यवसायिक कृषि तथा पुशपालन विस्तार गर्नुपर्ने अर्यालको सुझाव छ ।