भुकम्पको धक्काले भत्काईदियो धादिङका बिद्यालय

600 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11036831_10205155962051336_1131476680244953831_nधादिङ,- प्रलयकारी महाभुकम्पले धादिङ जिल्लाको अधिकांश बिद्यालय भवनमा क्षती पु¥याएको छ । महाभुकम्पको कारण वन्द रहेका बिद्यालयहरु खोलेर पढाउन नसकिने स्थिती देखिएपछि त्रिपाल हालेर भएपनि बिद्यालय खुलाईने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद ढकालका अनुसार जिल्लाका ५ सय ८७ वटा विद्यालयका पाँच हजार ३ सय ७३ कक्षा कोठामध्ये दुई हजार ७ सय ४६ कक्षाकोठामा अध्ययन अध्यापन गर्न नै नमिल्ने गरी भुकम्पले क्षती पु¥याएको छ । यसै गरी दुई हजार १७ कक्षाकोठा पूर्ण रुपमा ध्वस्त भएका छन् भने ७ सय २९ कक्षाकोठा लडेका कारण पठनपाठन गर्न नसकिने अवस्थामा रहेको र जिल्लाका एक हजार १५० कक्षाकोठामा आंशिक रुपमा क्षति भएको छ जिल्ला शिक्षा अधिकारी ढकालले वताउनु भयो ।

भुकम्पका कारण पुराना भएका अधिकांश बिद्यालय भवनहरु मात्रै होइन सिमेण्ट लगाएर वनाईएका नयाँ भवनमा पनि क्षती पुगेको छ ।
क्षती भएका कक्षा कोठा निर्माणका लागि समय लाग्ने भएकाले पठन पाठनलाई नियमित गर्न तत्काल पाल वा अन्य व्यवस्था गरी विद्यालय खुलाउन लागिएको शिक्षा कार्यालयले जनाएको छ । भुकम्पले कक्षा कोठा मात्रै होइन विद्यालयमा संचालनमा रहेका मध्ये २ सय २७ खानेपानी योजना समेत ध्वस्त भएको तथा २ सय ७२ शौचालय प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको छ भने महाभुकम्पले जिल्लामा कार्यरत छ जना शिक्षकको समत मृत्यु भएको छ ।


जिल्ला शिक्षा अधिकारी ढकालका अनुसार बिद्यालयहरुको क्षती बिबरण खोज्नका लागि जिल्ला दैवि प्रकोप उद्धार समिति अन्र्तगत रहेको शिक्षा कलष्टर सक्रिय रहेको र अझै पूर्ण बिबरण आउन बांकी रहेको छ । कलष्टर मार्फत संकलन गरिएको ७ गाविसको बिबरणमा २५ प्रतिशत बिद्यालय पूर्ण क्षती,५५ प्रतिशत सामान्य र आशिक क्षती,२० प्रतिशत बिद्यालय प्रयोग योग्य रहेको पाईएको थियो । पहिलो चरणमा कलष्टरले जिल्लाको सल्यानटार,जोगिमारा,महादेवस्थान,नलाङ,वेनिघाट,धुषा गाविसको तथ्याङ संकलन गरेको र वांकी गाविस तथा नगरपालिकामा पनि अध्ययन टोली सक्रिय रहेको ढकालले जानकारी दिनुभयो । जिल्लामा अहिले सामुदायिक तर्फ तीन सय ७८ वटा प्राथमिक बिद्यालय,८० वटा निमावि,७७ वटा मावि,४९ वटा उच्च मावि र १३ वटा क्याम्पस संचालनमा रहेका छन । त्यसैगरी संस्थागत तर्फ २८ वटा प्रावि,९ निमावि,१२ मावि,पांच उच्च मावि, र एक क्याम्पस संचालनमा रहेको छ । सामुदायिक संगै संस्थागत बिद्यालयहरुको अवस्था पनि निकै जोखिमपूर्ण रहेको छ ।
सात वटा गाविसको विवरण हेर्दा थप गाविसमा रहेका बिद्यालयहरुको अवस्था थप संकटग्रस्त रहेको हुन सक्ने शिक्षा कार्यालयको दावि छ । भुकम्पले एक नगरपालिका र ४६ गाविसको सबै स्थानका घर, गोठ भत्काएकाले त्यहां रहेका बिद्यालय भवन पनि क्षती गरेको अनुमान गरिएको छ ।
भुकम्पको धक्काले गाउंका अधिकांश घरहरु क्षती भएकाले स्थानीयवासीले घर भन्दा पहिले क्षतीग्रस्त भएका र जिर्ण अवस्थामा रहेका बिद्यालय भवन वनाउन सम्भव नभएको ढोलाका कशव दुवाडीले वताउनु भयो । गाउंलेहरुको गांस वासको समस्या समाधान हुन अझै धेरै समय पर्खनुपर्ने भएपछि उनिहरु सामाजिक कार्यमा लाग्न सक्ने अवस्था नरहेकाले सरकारी तवरवाट नयाँ योजना ल्याएर भत्किएका र जोखिममा रहेका बिद्यालय निर्माण गरिनुपर्ने दुवाडीको सुझाव छ ।