भुकम्पले ध्वस्त बुढीगण्डकी किनारको आरुघाट अझै सुनसान

2298 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
आरुघाट (धादिङ) – बुढीगण्डकीको किनारमा अवस्थित धादिङ र गोरखा जिल्लाको उत्तरी भेगको प्रमुख व्यापारिक केन्द्र आरुघाट वजार बैशाख १२ को महाप्रलयकारी भुकम्पको कारण तहस नहस हुन पुगेको छ । दैनिक ५ करोड भन्दा बढीको व्यापारिक कारोवार हुने गरेको दुवै जिल्लाको प्रमुख व्यापारिक केन्द्र बैशाख १२ गते पछि सुनसान बन्न पुगेको छ ।
aarughat bhukamp 3450110गोरखा जिल्लाको बारपाकमा केन्द्र विन्दु भएर आएको शक्तीशाली भुकम्पको कम्पनमा परेर आरघाट वजारका घर टहरा, धार्मिक एवम सांस्कृतिक सम्पदा, शिक्षण संस्थाका भवन छिनभरमै खण्डहर बनेको दृष्यलाई सम्झंदा पनि आरुघाटबासीको आंखा रसाउने गरेको छ ।
गोरखा र धादिङ जिल्लाको उत्तरी क्षेत्रका विकटका वस्तिहरुमा दैनिक उपभोग्य सामाग्रीका साथै अन्य सामानहरु किनमेल गर्ने आरघाट वजार संधैभरी मानिसहरुको भिडभाड हुने गर्दथ्यो । बैशाख १२ को भुकम्प आउनु अघि पनि वजारमा मानिसहरुको चहल पहल थियो । पसलेहरुलाई माग भएको सामान निकाल्न र विल काटेर रकम लिन भ्याई नभ्याई थियो , सबैजना आफ्नै काममा व्यस्त थिए, एक्कासी गोली चले जस्तो आवाज आएर वजार थर्कन थाल्यो, मान्छेहरु भुईचालो आयो भन्दै भागदौड गर्न थाले वजार हेर्दा हेर्दै गल्र्यामगुर्लुम ढलेको दृष्यले अहिले पनि त्रसित वनाईरहेको स्थानीय व्यापारी सविन श्रेष्ठ बताउनुहुन्छ ।
DSC_0770बैशाख १२ को भुकम्पको कम्पन भन्दा अघि सम्म मानिसहरुको चहलपहलले भरिएको आरुघाट वजारमा, एकछिनैमा रुवाबासी, भागदौड र हारगुहार मच्चिन थालेको स्थानीय बताउंछन । धादिङ र गोरखा जिल्लाको दुवैवजारलाई आरुघाट भनिएपनि धादिङको सल्यानटार गाविस वडा नम्बर ८ मा पर्ने आरुघाट वजारलाई स्थानीयले विशालनगरको नाम दिएका थिए । हिजो सम्मको विशालनगर अहिले खण्डहर बन्यो भत्किएको घरबाट सामान निकाल्दै गरिरहेको अवस्थामा भेटिनु भएका स्थानीय व्यवसायी दिनेशप्रसाद ढकालले बताउनु भयो ।
ढकालका अनुसार विशालनगरका ३ सय ५१ घर मध्ये अव ५० घर पनि सग्ला छैनन, भत्किन बांकी रहेको घर पनि मान्छे बस्न नसकिने अवस्थामा रहेको छ । सांघुरो ठाउंमा लस्करै वनाईएका घर र घर पिच्छे विभिन्न किसिमका सामानहरुको होलसेल तथा खुद्रा पसल भएको विशालनगरमा रहेका सबैघर भुकम्पको पहिलो धक्कालेनै भत्किएपछि पसल र वाटोमा रहेकाहरु अधिकांश पुरिएका थिए । भुकम्पको धक्का निरन्तर आउन थालेपछि थोरैले मात्रै भागेर ज्यान बचाउन सकेको व्यापारी सुरेन्द्र श्रेष्ठ वताउनुहुन्छ । भुकम्पको कारण आरुघाट वजारको धादिङ तर्फ ८ र गोरखा तर्फ १२ जनाको जनाको ज्यान गएको थियो । वजारका सबैघर भत्किएपछि त्यहाँ भित्र रहेको अन्नपात भाडाकुँडा सरसामान,नगद समेत भग्नावशेषले पुरिएर नष्ट भएको श्रेष्ठले वताउनु भयो ।
aarughat bhukamp 3450111राजधानीको असन इन्द्रचोकमा जस्तै बाक्लो र भिडभाड भईरहने वजारका घरहरु भत्किएर मुख्य सडक र भित्रि वजारको मुलवाटो बन्दभए पछि हप्तौ दिन सम्म भग्नाशेष हटाएर वाटो खुलाउन समेत नसकिएको वजारवासीले वताए । हप्ता दिन सम्म पनि पराकम्पन नरोकिएपछि डराईरहेका स्थानीयहरु विस्तारै भत्किएको घरबाट सामान निकाल्न लागेको बेला बैशाख २९ गते अर्को भुकम्प दोहोरिएपछि झनै त्रसित हुन पुगेको स्थानीय गोपाल गुरुङ वताउनुहुन्छ ।
महाभुकम्प गएको एक महिना हुनै लाग्दा पनि बजारका धेरै घरवाट सामान निकाल्ने र भग्नावशेष हटाउने काम सकिएको छैन । वाक्लो वजार भएकाले भत्किएको घरले वाटोमा हिंड्नेहरु पुरिएको हुन सक्ने आशंका अझै पनि स्थानीयमा छ । वजार भित्रैका मान्छे पनि दुई दिन पछिमात्रै खोतलेर निकालेका आरुघाटवासी भत्किएको घर आसपास जान समेत डराईरहेका छन ।
नेपाली सेना र प्रहरीको टोलीको सहयोग लिएर स्थानीयले भत्किएका घरहरुबाट केही सामान निकाल्न सकेपनि चर्किएर बसेका घर कति बेला लड्ने हो भन्ने चिन्ताले उत्खनन कार्य समेत रोकिएको छ । घर ढलेर पुरिएको बाटो खुलाएपनि सबै ढुंगा माटो पन्छाउन भने नसकिएको सविन श्रेष्ठ बताउनुहुन्छ । सामान निकाल्न खोज्दा चर्किएर बसेका घर ढलेर अर्को दुर्घटना निम्त्याउने त्रास स्थानीयमा छ । भत्किएका घरबाट ढुंगामाटो र काठपात पन्छाएर घरभित्र पुरिएका सामान निकाल्न नसकिएकोमा स्थानीयको दुखेसो छ ।
बिद्युत्त प्राधिकरणले भत्किएका घरहरुको लाईन काटेर वांकी घरमा विजुली छाड्नुका साथै अस्थायी शिविर सम्म विजुली लैजान सहयोग गरेपनि ढलिरहेको पोल र तारले हिंडडृुलमा समेत समस्या भईरहेको वजारवासी वताउंछन ।

आरुघाट वजारको पछिल्लो अवस्था फोटो फिचर 

DSC_0710 DSC_0715 DSC_0719 DSC_0720 DSC_0722 DSC_0725 DSC_0730 DSC_0737 DSC_0770 11210495_885027224893882_4801951818479528056_n aarughat bhukamp 3450101 aarughat bhukamp 3450102 aarughat bhukamp 3450103 aarughat bhukamp 3450104   aarughat bhukamp 3450107 aarughat bhukamp 3450108 aarughat bhukamp 3450109 aarughat bhukamp 3450110 aarughat bhukamp 3450111 aarughat bhukamp 3450112  aarughat bhukamp 3450114 aarughat bhukamp 3450115 aarughat bhukamp 3450116 aarughat bhukamp 3450117 aarughat bhukamp 3450118 aarughat bhukamp 3450119 aarughat bhukamp 3450121 aarughat bhukamp 3450122