दलित बस्तीमा २४ अस्थायी घर निर्माण

661 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????धादिङ,- महाभुकम्पले घर भत्काएर उठिबास लगाएपछि बस्ने ठाउंको अभावले चिन्तित बनिरहेका गाउंलेहरुले थोरै सहयोग पाएमा आफ्नो वासको व्यवस्था आंफै गर्न सक्छन भन्ने उदाहरण देखिन थालेको छ । भुकम्पले तहस नहस पारेको गाउंवस्ति अझै सम्म व्युंतिन सकेको छैन भने विभिन्न संघ संस्था र निजी प्रयासमा गाउं गाउंमा लगर बांडिएको खाद्यान्न तथा अन्य राहत सामाग्री लिनका लागि गाउं गाउंमा तछाड मछाड रोकिन सकेको छैन । धादिङको एउटा दलित वस्तिका वासिन्दाले भने भुकम्पको पिडालाई सहंदै आफ्नै प्रयासमा अस्थायी वसोवासको व्यवस्था मिलाएर नमुना कार्यको शुरुवात गरेका छन । नीलकण्ठ नगरपालिका वडा नम्बर १० मा पर्ने दुइघरेका १९ घर दलित सहित २४ घर परिवारले आवाज अभियान नेपालको सहयोगमा अस्थायी घर निर्माण गरेका हुन ।
सरदरमुकाम नजिकै रहेर पनि शिक्षा, चेतना, यातायात र सञ्चारबाट बन्चित रहंदै आएको दुईघरेको दलित बस्तिलाई बैशाख १२ गतेको भुकम्प र त्यसपछिका लगातार पराकम्पनले ध्वस्त पारेको थियो ।घर भत्किएपछि केही दिन वारीको पाटोमा बसेपनि यसरी संधैभरी गुजारा नचल्ने देखेपछि घरको काठपातलाई प्रयोग गरेर अहिलको लागि बास बस्ने ठाउँको व्यवस्था गरेको स्थानीय कृष्णवहादुर नेपालीले वताउनु भयो । सरकारको भर पर्दा बर्षाको वेला वालबच्चालाई झरी वादलबाट जोगाउनै नसकिएला जस्तो लागेर जस्तो हुन्छ वास बस्ने ठाउं बनाएको नेपालीको भनाई छ ।
जिल्लाका अन्य स्थानमा जस्तै यहांको वस्तिमा पनि भुकम्पले घरवास विहिन पारेपछि अति विपन्न परिवारका लागि प्रति परिबार एक बन्डल जस्तापाता सहयोग गरिएको आवाज अभियान नेपालका उपाध्यक्ष शिवराज दुवाडीले वताउनु भयो । आवाज अभियानको साझेदार सँस्था जेनेभा ग्लोबल अमेरिकाले नेपालका भुकम्प प्रभावितका लागि सञ्चालन गरेको नेपााल रिकभरी फण्ड अन्तरगतको सहयोगबाट दुई घरेका दलित तथा विपन्न २४ घर परिवारलाई जस्तापाता दिईएको थियो ।
आवाज अभियान नेपालले जस्तापाता दिएपछि उत्साहित बन्न पुगेका दुईघरेका वासिन्दाले आफ्नै सिपको प्रयोग गरी भत्केका घरका काठपात झिकेर अस्थायी बासस्थानको निर्माण गरेका हुन् ।
“हाम्रो दलितगाउँलाई सहयोग गर्ने कोहीपनि थिएन, हामीलाई सबैले हेलाँगर्थे, यहाँका ५,६ जनामहिलाहरु आङ खस्ने समस्याबाट पिडित छन्, हामीलाई भूईचालोले उठिबास लगायो, संस्थाले हाम्रो दुःख बुझेर सहयोग ग¥यो त्यस्ले हाम्रो ठूलो उपकार भएको छ, सबै गाउँलेहरु मिलेर पालैपालो गरी हामीले एक हप्ताभित्र सबैको घर बनायौँ ।’ अब बर्खा मासमा कम्तिमा मुन्टो लुकाउने ठाउँ सम्म भएको स्थानीय महिला अगुवा जानुका विकले बताउनु भयो ।
शिक्षा तथा स्वास्थ्य र सरसफाईमा समेत निकै पछाडि परेका स्थानीयलाई शशक्त बनाउन आवाज अभियानले किसोरी समूह समेत गठन गरेको छ । सगरमाथा किसोरी समूह नाम दिईएको सो समूहमा २५ जना सदस्य रहेका छन् ।
सरसफाई, प्रजनन स्वास्थ्य चेतनाको कमी र आङखस्ने समस्या समेत रहेकाहरुलाई आवाज अभियानले स्वास्थ्य सचेतनाको लागि किसोरी समूहमार्फत व्यवहार परिवर्तन सञ्चार कार्यक्रम सञ्चालनगर्ने संस्थाका अध्यक्ष केशव दुवाडीले वताउनु भयो ।
राहत बितरणका नाममा प्रति घर दुई किलो चामल बांडंदै हिड्नेहरुको तुलनामा आवाज अभियानले वास्तविक आवश्यकता पहिचान गरी गरिव परिवारलाई सहयोग गरेर प्रसंसनिय कार्य गरेको धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद वुर्लाकोटी बताउनुहुन्छ । मानिसहरु राहत पाउने आशमा घरको काम छाडेर गाउं टोलमा जम्मा हुने,घर भित्रको काम गर्दै नगर्ने अवस्था बनिरहेको बेला दुईघरेका दलित समुदायले आफ्नो घर आंफै निर्माण गरेर अरुलाई पनि सन्देश दिएको सभासद बुर्लाकोटीको ठम्याई छ । आवाज अभियान धादिङका भुकम्प प्रभावित ढोला, नलाङ, सुनौलाबजार र साङकोषका अतिविपन्न, दलित र विरामी महिलालाई लक्षित गरी १५० बन्डल जस्ता वितरण गरिसकेको संस्थाका अध्यक्ष दुवाडीले जानकारी दिनुभयो ।