अन्धकार बन्यो अञ्जलीको भविष्य

656 पटक पढिएको

सम्पादक: Dhading News

anjali daraaiधादिङ,२८ जेठ – भूकम्प गएको ४६ दिन बित्यो । ४६ दिन अघिको त्यो कहाली लाग्दो दृष्य सम्झंदा पनि अञ्जलीका आंखामा आंसु भरिन थाल्छ । चाहेर पनि उनले त्यो दृष्यलाई भुल्नै सकेकी छैनन । विनाशकारी भुकम्पले अञ्जलीको जिवनमा पु¥याएको चोटलाई उनि भुल्न पनि सक्दिनन र अघि बढ्न पनि नसक्ने अवस्थामा पुगेकी छिन ।
सल्यानटार गाविसका पुर्व अध्यक्ष फणिकान्त छत्कुलीको साथमा घर र मावलीका दुवै हजुरबुबा सहित अञ्जली दराई विहीवार जिल्ला प्रशासन कार्यालय धादिङ आईपुगिन । भुकम्पले गुमाउनु परेको आमा ,बा र भाईको किरिया खर्च साथै मृतकको क्षतिपूर्तिको रकम लिन अञ्जली जिल्ला प्रशासन कार्यालयमा आएकी थिईन ।
एक साता अगाडि मात्र अञ्जली भुकम्पमा परेर बेपत्ता भएका आफ्ना बाबु आमा र भाइको कि लास चाहियो कि क्षतिपूर्ति दिनुप¥यो भन्दै प्रशासनमा आएकी थिइन । भुकम्प पछि आएको पहिरोमा परी बेपत्ता भएको डेढ महिना पछि उनिहरुको मृत्यु भएको सर्जिमिनी मुचुल््का प्राप्त भएपछि अञ्जली क्षतिपूर्तिको लागि जिल्ला सदरमुकाम आईपुगेकी हुन ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति १३ बर्षिया अञ्जलीलाई २ लाख २० हजार रुपियाँको चेक हस्तान्तरण गरेका थिए । परिवारका तीन सदस्य गुमाएका कारण पाएको सो रकम बैकमा उनको नाममा जम्मा हुने भएको छ । यसरी जम्म भएको रकम १६ वर्ष नभइ झिकेर खर्च गर्न नपाईने वताईएको छ । हजुरबुबा जितबहादुर दराई भने सो रकम तत्काल झिकेर खर्च गर्न पाउने व्यावस्था मिलाई दिन अनुनय गर्दै थिए । छोराले लगाएको ऋण एक लाख २४ हजार म कसरी तिरुँ भन्ने उनको तर्क छ । आफैलाई कसले स्याहार सुसार गर्ला भन्ने पिरलोमा रहेका जितवहादुर बैशाख १२ गते सम्म अञ्जलीकोे बुबासँग नै बस्दै आएका थिए । अञ्जली बाहेक साहिँलो छोराको सन्तान नै मासिएपछि अब को सँग बस्ने उनको टुङ्गो छैन । नातिनी अञ्जलीको रेखदेख कसले गर्ने केही थाहा नभएको जितवहादुरले वताए ।
अञ्जलीले पढेर ठूलो मान्छे बन्ने सपना देखेकी छिन तर उनलाई कस्ले स्याहार सुसार गर्ने भन्ने समस्या देखिएको छ । पढ्ने इच्छा भएर पनि अव पढ्न नपाउने हो कि भन्ने उनिमा पिरलो छ । ‘घरमा आमा हुँदा पो ट्याममा खाना हुन्थ्यो, बुबाले नपढे गाली गर्नुहुन्थ्यो, अव ट्याममा खाना दिने पनि छैन, नपढ्दा गाली गर्ने पनि कोही छैन ।’ बहत्तर वर्षीय बृद्ध हजुरबुबा जीतबहादुरले हेरचाह गर्न सक्छन भन्नेमा अञ्जल्ऽी लाई द्विविधा छ । भुकम्प गएपछि उनले आफूले पढेको रानी पौवा उच्च मावि टेकेकी छैनन । साथीहरु विद्यालय जाँदै गर्दा आंफु भने जान नसकेको उनले वताईन ।
अञ्जलीका तीन जना मामा छन, चार जना काका छन, तर कसैले पनि अहिले सम्म म लगेर पाल्छु भनेका छैनन । घरका हजुर बुबा र मामा घरका हजुर बुबा बृद्ध भएपनि जसरी नि पाल्छु भन्दै आएका छा । जो जहाँसँग भएपनि पढाइलाई चाहिँ निरन्तरता दिन पाए हुन्थ्यो भन्ने उनमा रहेको छ । केही समाजसेवीले दिएको १९ हजार रुपियाँ र राज्यले उपलव्ध गराएको क्षतिपूर्तिबाट भनेपनि पढ्न पुगिहाल्छ कि भन्ने उनमा छ ।
अञ्जली दराईको पिता चेतबहादुर दराई, आमा मसिनी दराई र १२ वर्षका भाइ अनिल दराई घर नजिकै रहेको भिरमा गएको पहिरोमा पुरिएका थिए । अञ्जली दराईको घरको अवस्था दयनीय छ । भुकम्पले घरका तीन जना वेपत्ता मात्र पारेन घर पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ । भुकम्पबाट बाँचेको घरको बार्दली मुनी ७७ वर्षिय हजुरबुबा जितबहादुर दराईसँग बसिरहेकी छिन । भुकम्पले घरका तीनजनालाई लगेपछि १३ वर्षको छोरीको अवस्था एकातिर दयनीय बनेको छ भने अर्को तर्फ बृद्ध हजुरबुबा जितबहादुरको अवस्था पनि अनिश्चित बनेको छ ।