धान पाकिसक्यो, भित्राउने ठाउँ छैन

810 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bhukamp-pidit-kisanlai-dhanako-chinta-445x300धादिङ ९ असार – धान रोपेको हप्ता दिन नहुँदै गएको ठूलो भूकम्प तथा धान पाक्ने बेला सम्म आइरहेका परकम्पहरुबाट कत्ति पनि विचलित छैनन किराञ्चोकका कृषक । उनीहरुलाई भूकम्पको भन्दा पनि अब पाकेको धान कहाँ राख्ने भन्ने चिन्ताले सताएको छ । भूकम्पले घरहरु भत्किएपछि पहेलै भएर फाँटहरुमा लहराएको लोभलाग्दो धान भण्डारण गर्ने ठाउँ नहुँदा वर्षाको पानीले कुहिने किसानहरु बताउँछन् कारोबार दैनिकमा खबर छ ।
धान खेतिको लागि जिल्लाकै उत्कृष्ठ ठाउँ किराञ्चोकमा चैत्र र असारमा धान रोपिन्छ । यसरी असार र मंसिरमा वर्खे  र हिउँदे गरि २ पटक धान बाली भित्राउने किराञ्चोकवासीको आम्दानीको मुख्य स्रोत नै धान खेती रहेको  पूर्व गाविस अध्यक्ष योवराज बरालले बताए ।
बरालले भने  ‘यसवर्ष भूकम्पले घर भत्किएपछि मानिसहरु त जसोतसो बसेका छन् अब समस्या धानको छ कहाँ राख्ने, यस पटकको सबै धान कुहिने भयो ।’ यस गाविसका वडा नं. १, २, ३, ७, ८, ९ का अधिकांशको चैते धान रोप्ने खेत छ । खेत नहुनेले पनि अदियाँ रोपेर १५–२० मुरी धान भित्राउँछन् वरालले थपे ।
केही वर्ष अघिसम्म ताइचुन धान रोप्थे । युवाहरु नगद आर्जनका लागि शहर र विदेश गएपछि काम गर्ने मानिसको अभावमा अहिले ताइचुन धान लगाँउदैनन । ताइचुन धान लगाएको भए चिउराको लागि ततकाल विक्री हुन्थ्यो गोपाल बस्नेतले बताए ।
धान त काटियो राख्ने ठाँउ छैन पर्खालेको फाँटमा धान काट्दै गरेका नरहरी अधिकारी चिन्ता व्यक्त गरे । सरकारले अस्थायी वसोवासको लागि दिने भनेको १५ हजार दिएपनि छाप्रो बनाएर धान राख्न हुन्थ्यो सादुराम खनालले भने । किराञ्चोक गाविसमा वैरेनी र पिडांका मानिसहरुको समेत प्रशस्त खेतहरुछन् । पिडा र वैरेनीका किसानहरुलाई पनि उही चिन्ताले सताएको छ ।
धादिङ जिल्लामा २ हजार ६ सय ४५ हेक्टर ( ५२ हजार ९ सय रोपनी) छेत्रफलमा ८ हजार ५ सय ९६ मेट्रिकटन धान हुने जिल्ला कृषि विकास कार्यालय धादिङ कृषि प्रसार अधिकृत र्दुगादत्त पन्थीले बताए । किराञ्चोक गाविसमा मात्र करिव ५ सय हेक्टर (१० हजार रोपनी) मा चैत्रे धान रोपिने र १ हजार ३ सय ३२ भन्दा बढी मेट्रिकटन धान उत्पादन हुने किसानहरुको दावी छ ।
यसैगरी जिल्लाको पिंडा, महादेवस्थान, वैरेनी, धुवाँकोट, भुमेस्थान, ज्यामरुङ लगायतको गाविस सहित नीलकण्ठ नगरपालिकामा चैते धान खेती गर्दै आएकाछन् ।