लागु औषध सहित धादिङ नलाङका राजु सिवलाल हेटौडामा पक्राउ

607 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हेटौडा -लागु औषध ओसार पसार गरेको आरोपमा धादिङको नलाङ गाविस वडा नम्बर ९ पिपल नलाङका राजु सिलवाललाई मकवानपुर जिल्लाको रातमाटे प्रहरी चौकीले पक्राउ गरेको छ ।
राजु सिलवालफागुन ४ गते मंगलवबार राती साँढे आठ वजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर १७ रातोमाटे स्थित प्रहरी चेकपोष्टमा बीरगंजबाट हेटौडा तर्फ आउंदै गरेको ना ५ ख ३१६६ नं।को यात्रु बसलाई चेकरजाँच गर्ने क्रममा सिलवाल पक्राउ परेका हुन । बसमा यात्रा गरी आएका ३२ बर्षिय सिलवालले लागुऔषध डाईजेपाम ४८ एम्पुल, फेनार्गन ४८ एम्पुल , ब्युप्रिनोर्फिन ४८ एम्पुल र नाईट्रोभेट ३२ ट्याबलेट लुकाई छिपाई ल्याएको फेला पारेपछि प्रहरीले लागु औषध सहित सिलवालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।