नेवारी संस्कृति र परम्परा चिनाउन धादिङबेसीमा सडक नेवाः खाना उत्सव

302 पटक पढिएको

सम्पादक: Dhading News

धादिङबेसी, ३० मंसिर २०८१ । यो मरी पुन्ही अर्थात धान्य पूर्णिमाको अबसर पारेर धादिङ जिल्लाको सदरमुकाम धादिङबेँसीमा मंसिर  २९ शनिबारदेखि सडक नेवाः खाना उत्सव सुरु भएको छ। नेवारी समुदायको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘सडकमै खाऔँ, सडकमै रमाऔँ, सडकमै कमाऔँ’ भन्ने मूल नाराका साथ“प्रथम धादिङबेसी सडक नेवा: खाना उत्सव ” आयोजना गरिएको हो ।

 खाना उत्सव नीलकण्ठ नगरपालिका–३ को संरक्षकमा झिंगु नेवाः समाज धादिङले आयोजना गरेको हो।

उत्सवका क्रममा नेवारी परिकारहरूको विशेष प्रदर्शनी र बिक्री गरिएको छ । नेवारी समुदायका प्रसिद्ध परिकार जस्तै बारा, यमरी, छोयला, सःगती, आलु तामा, वोजी लतामारी, तथा परम्परागत नेवारी रक्सी जुँ-न लगायतका परिकारहरू खाना उत्सव मुख्य आकर्षण हुनेछन्।

त्यसका साथै, नेवारी खाना पकाउने प्रतियोगिताका माध्यमबाट स्थानीय शेफ र महिलाहरूले आफ्नो पाक-कला प्रदर्शन गर्ने अवसर पाउनेछन्। स्थानीय तथा राष्ट्रियस्तरका व्यक्तिहरूको सहभागिता रहेको यो महोत्सवले सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने आयोजकले बताएको छ ।

झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार खाना उत्सवको उद्देश्य नेवारी खानाको प्रवर्द्धन गर्दै सदरमुकाम धादिङबेसीलाई सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्नु रहेको छ। यसले नेवारी संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने तथा स्थानीय उत्पादन र उद्यमशीलतालाई आर्थिक रूपमा सबल बनाउन सहयोग गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ।

विविध जातजाति र समुदायबीच आपसी सद्भाव र एकता बढाउने लक्ष्यका साथ महोत्सवमा सबैलाई सहभागी हुन आग्रह पनि गरेको छ। महोत्सव मंसिर ३०  गतेसम्म दिउँसो २ बजेदेखि बेलुकाको ७ बजेसम्म संचालन हुने छ ।

खाना उत्सवको पहिलो दिन शनिवार बिशेष कार्यक्रमका बिच शुरु भएको कार्यक्रममा सहभागीहरुको निकै उत्साहजनक सहभागिता रहेको थियो । विविध झाँकी र पोशाकमा सजिएका स्थानीयले कार्यक्रमममा सहभागिता जनाएका थिए ।

सडक महोत्सवमा योमरी, चटामरी, बारा छोइला, सपुमिचा, मसरुम छोइला, सोयाबिन छोइला, वः लगायतका नेवारी परिकारहरूको स्वाद लिन पाइनेछ। पहिलो प्रयास भए पनि सडक खाना उत्सवमा १५ सयभन्दा बढी मानिसहरूले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए।


2 thoughts on “नेवारी संस्कृति र परम्परा चिनाउन धादिङबेसीमा सडक नेवाः खाना उत्सव

  1. 📣 We send a transaction from our company. GЕТ >> https://telegra.ph/Message--2868-12-25?hs=0d72ed5c1c61a8bdfbd4ab6df7220e72& 📣 says:

    c0z094

Comments are closed.