कम्युनिष्ट आन्दोलनमा हुने चाकरी र गाली
47 पटक पढिएको

- डा.राम कुमार अधिकारी

नेपालमा ठुला ठुला उद्योगहरु स्थापना हुन नदिने, लगानी मैत्री वातावरण हुन नदिने, नेपालीलाई गरीबै देख्न चाहने, नेपाललाई आफ्नो बजार बनाई राख्न चाहना राख्ने शक्तिहरुले पुनः नेपालमा अस्थिरता छाओस भनेर प्रार्थना गरीरहेका छन । तिनिहरु नेपालको आर्थिक अवस्थालाई ध्वस्त पार्ने, नेपाललाई परनिर्भर बनाई राख्ने अत्यन्त उज्वल भविष्य भएको, संसारलाई उदाहरण भएको नेपालको कम्युनिष्ट आन्दोलनलाई निमिट्यान्न पार्न चाहन्छन । ति अद्रिस्य शक्तिहरु राम्रा देखिने नाराको आडमा राष्ट्रघाती काम गरिरहेका हुन्छन् र जनता झुक्क्याइरहेका हुन्छन् । दलाल पूँजीवादी प्रवृत्तिले आफ्नो कुरा सोझोभाषामा भन्दैन । त्यसैले उनीहरूले केही असम्भव तर सुन्दा–पढ्दा राम्रालाग्ने नारा र भनाइ तयार गर्छन् र जनताको मनोविज्ञानको शोषण गर्छन् । त्यही अस्थिरता चाहने अद्रिस्य शक्तिले नै जननेता मदन भण्डारीको हत्या गरेको थियो। त्यही दलाल प्रब्रिती आज त्याग, निस्ठा र सँघर्षको प्रतिमुर्ती कमरेड के पी ओलीलाई तल्लो स्तरमा ओर्लियर मानब सभ्यातालाई नै लज्जित पार्ने शब्दहरु बोलेर, लेखेर, ब्यङ्ग गरेर अपमानित गरिरहेका छन ।
मुलुकले अनेक क्षेत्रमा छलाङ मारेको तथ्याङ्क छ । डुइङ बिजिनेस इन्डेक्स, आयात, निर्यात, ब्यापार घाटा, भुक्तानी सन्तुलन, शोधान्तर घाटा, चालु खाता घाटा, बित्तिय स्थाइत्व, आदिमा पहिले भन्दा धेरै सुधार देखिएको, राष्ट्रिय पुंजि निर्माण र आत्मनिर्भर अर्थतन्त्र तिर देश गैरहेको, खेलकुदका पूर्वधारमा उल्लेखनिय प्रगती, चीन भ्रमणको उपलब्धी, भौतिक पुर्बाधार निर्माणमा अभुतपुर्ब प्रगती, हरेक क्षेत्रमा थिती बसाउनमा सफलता आदी यो सरकारका छोटो समयका उपलब्धिहरु हुन् । यो सत्यता स्विकार गर्दा के बेफाईदा हुन्छ ? कोरा, अस्थिर, अराजक, कुनै दृष्टिकोण नभएका, कुटिल, चन्चल, अस्थिर, अराजक, अहंकारी, जड्, नेताहरुको कारणले आम युबामा मात्र नभएर आम जनतामा राजनीति प्रती वितृष्ण उत्पन्न गरेको छ ।
हाम्रा विचार, व्यवहार, हाम्रा बोलीचाली, रहनसहन, हाम्रा आफ्ना जिन्दगीका सुखदुःखका कथा, हाम्रो स्वाद, हावापानी, हाम्रो दैनिकी, हाम्रा रीतिरिवाज र सम्बन्धहरू, हाम्रो पाठ्यक्रम र सिकाइको प्राथमिकता, हाम्रो रोजगारी–बेरोजगारी, हाम्रो सन्चो–बिसन्चो, हाम्रो सन्तुष्टि–असन्तुष्टि, हाम्रो हरेक विपना र सपना सबैमा यतिबेला पुँजीवादको प्रभाव र दबाब छ । स्वाभाविकरूपले हाम्रो राजनीति र लोकतन्त्रसमेत पुँजीवादले आफू अनुकूल बनाएको छ । लेनिनका अनुसार कम्युनिष्टलाई समस्त पूँजीवादी, उदारवादी विश्वले ठूलो शत्रुता र घृणा दर्शाउँछ र कम्युनिष्टलाई एक प्रकारको अहितकर सम्प्रदायको रुपमा हेरिन्छ ।
कम्युनिष्ट आन्दोलनमा गाली गलौजका प्रकार र तरिका
नेपाल कम्युनिष्ट पार्टी स्थापना (सन् १९४९) भएको झन्डै एक दशकपछि अन्तर्राष्ट्रिय स्तरमा रुसी र चिनियाँ कम्युनिष्ट पार्टीबीच महाविवाद शुरु भएको थियो । जुन महाविवादले संसारभरिका कम्युनिष्ट पार्टीहरूलाई दुई खेमामा विभाजित गर्यो र एकले अर्कालाई संशोधनवादी, दक्षिणपन्थी करार गर्न थाले । नेपाली कम्युनिष्ट आन्दोलनमा गालीगलौज त्यहींबाट शुरु भयो । विश्व कम्युनिष्ट आन्दोलनमा व्यक्तिको देवत्वकरण (चाकरी) र दानवीकरण (गाली) को इतिहास प्रथम अन्तर्राष्ट्रिय (सन् १८६४) को समयदेखि नै शुरु भएको देखिन्छ । मार्क्सका समकालीन बाकुनिनले प्रथम अन्तर्राष्ट्रियको नेतृत्व हत्याउन मार्क्सको चाकरी गर्दै भनेका थिए– ‘म तपाईंको शिष्य हुँ र त्यसमा मलाई गर्व छ ।’ जब नेतृत्व हत्याउन सकेनन् त्यसपछि मार्क्सलाई गाली गर्दै भनेका थिए – ‘एकजना जर्मन र यहुदी हुनाका कारण ऊ टुप्पीदेखि पैतालासम्म निरंकुशतावादी र तानाशाह छ ।’ त्यस्तै, दोस्रो अन्तर्राष्ट्रियको पाँचौं महाधिवेशन (सन् १९००) को सेरोफेरोमा काउत्स्कीले लेनिनलाई ‘एकेश्वरवादीहरूको ईश्वर’ भनेर गाली गरेका थिए भने लेनिनले काउत्स्कीलाइर् गद्दार घोषणा गर्दै ‘गद्दार काउत्स्की’ पुस्तक नै लेखेका थिए । त्यस्तै लेनिनले रोजा लग्जेम्बर्गलाई कहिले महान क्रान्तिकारी विदुषी भन्थे भने कहिले धूर्त स्याल जस्ती आइमाई भनेर निन्दा पनि गर्थे ।
त्यही अनुसरण गर्दै नेपालका कम्युनिष्ट आन्दोलनका नेताहरुका लेख रचनामा धेरै खालका शब्दहरु प्रयोग भएका छन् जस्तै – संसोधनवादी, विस्तारवादी, कठमूल्लावादी, फाँसीवादी, जडसुत्रवादी, अराष्ट्रियवादी, अन्धराष्ट्रवादी, संसदवादी, अवसरवादी, पलायनवादी, प्रतिक्रियावादी, अधिभूतवादी, सारसंग्रहवादी, संकीर्णवादी, व्यक्तिवादी, आत्मसमर्पणवादी, पूनःउत्थानवादी, राजाका दलाल, भारतका दलाल, काँग्रेसका पुच्छर, चीनका पुच्छर, भारत परास्त, साउथब्लकका एजेन्ट, ‘र’ का एजेन्ट, मध्यपन्थी, दक्षिणपन्थी, रुसका चाकर, गद्दार, दलाल, छद्मक्रान्तिकारी, प्रतिगामी, गुलाम, चाटुकार, भाट, पाखण्डी, रक्त पिपासु, दहीचिउरे, अपराधी, जल्लाद, कठपुतली, पाल्तु कुकुर, पदभ्रष्ट, प्रभूका सामु घुँडा टेक्ने, अन्तरघाती, विषालू सर्प, बाष्टिनको अवैध सन्तान, काउत्सीको चेलो, हरियो घाँसको हरियो सर्प, नेपाली राजनीतिको सबभन्दा खराब, मूल्यहीन, उपयोग हुने, अस्थिर, ‘लपलपे’, शिखण्डी, ‘काँचो वायु’, महाभ्रस्ट, हास्यास्पद, गुटका प्रतीक, जोखाना हेर्ने र भँडुवा ईत्यादी । राजतन्क्रको अन्त्य गर्न कांग्रेससँग संयुत्त मोर्चा बनाउनुपर्छ भन्ने पुष्पलाल श्रेष्ठलाई गाली गर्दै २०३१ सालमा मोहनविक्रम सिंहले ‘गद्दार पुष्पलाल’ नामको पुस्तक नै लेखे ।
विश्व कम्युनिष्ट आन्दोलनमा चाकरी र गालीको कीर्तिमान ख्रुश्चोभले बनाएको देखिन्छ । ख्रुश्चोभले स्टालिन जीवितहुँदा गरेको चाकरी र उनी मरेपछि गरेको गाली शायद विश्व कम्युनिष्टआन्दोलनको सबैभन्दा रोचक नमूना होला । स्टालिन जीवित छँदा ख्रुश्चोभ भन्थे– ‘स्टालिन मानव जातिका महानतम प्रतिभाशाली व्यक्तित्व, शिक्षक र नेता एवं सदा विजयी मार्शल तथा जनताका सच्चा मित्र हुनुहुन्छ । चाकरी गर्दागर्दा उनले स्टालिनलाई ‘आफ्नै पिता’ भनेर पनि सम्बोधन गर्थे रे ! स्टालिनको मृत्यु (सन् १९५३) भएपछि ख्रुश्चोभले स्टालिनलाई शब्दकोशमा भएका सबै शब्दहरू प्रयोग गरेर गाली गरेका थिए ।
सन् १९५९ मा रक्षामन्त्री बनेका लिनप्याओ सन् १९६९ को नवौं महाधिवेशनबाट चिनियाँ कम्युनिष्ट पार्टीको उपाध्यक्ष र घोषित रुपमै माओको उत्तराधिकारी भएका थिए । लिनप्याओ भन्थे– ‘अध्यक्ष माओ असाधारण रुपले महान हुनुहुन्छ । अध्यक्षका सबै कुरा महान् छन् । अध्यक्ष माओका हरेक शब्दको अर्थ हामी जस्ता हजार जनाले बोलेको भन्दा बढी हुन्छ ।’ पछि यिनै लिनप्याओले माओलाई मार्न ‘प्रोजेक्ट ५७१’ तयार गरे । षड्यन्त्रको योजना खुलेपछि उनी मंगोलियातफर् भागे । जहाँ हवाई दुर्घटनामा उनको मृत्यु भयो ।
बाबुराम भट्टराईले बहालवाला तत्कालिक प्रधानमन्त्री के पी ओलीलाई बिभिन्न संचार माध्यममा “मैमत्त बनेको असनको साँढे“ भनेका थिय । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले देश र जनताको लागि जिबन अर्पेका, निस्ठा र त्यागका प्रतिमुर्ती ओलीलाई हिटलर, स्टालिन, चाउचेस्कुसँग दांज्दै, भनेका थिय ‘कोरोना भइरस भन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाका निम्ति विदा गरौं! नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ!’ उनिले त्यती मात्र होइन मान्छेले मान्छेलाई लगाउन नसक्ने हदै सम्मका, मानब सभ्यता लज्जित हुने भाषामा आरोपहरु लगाएका थिय र अपमान गरेका थिय ।
गाली गलौज र समृद्ध नेपाल र सुखी नेपालीको नारा
समृद्ध नेपाल र सुखी नेपाली आज हाम्रो पार्टी नेकपा (एमाले) को रणनितीक लक्ष हो । सुखी वा खुशीको मापन निम्न सुचांकबाट बिस्वमा गरिने चलन छ ।
कुल ग्राहस्त्य उत्पादन, सामाजिक सहयोग, राम्रो औशत आयु, आफ्नो जिवनको लागि छान्ने स्वोतन्त्रता, एकले अर्कालाई सम्मान, पारस्परिक सहयोग, आन्तरिक र बाह्य भ्रष्टाचारको तहको बुझाई । यसरी गर्दा हाल फिनल्याण्ड पहिलो स्थानमा र नेपाल ९३ औं स्थानमा छ । यदी हामीले आलोचना, गाली मात्र गर्ने र एकले अर्कोलाई सम्मान नगर्ने हो भने कसरी सुखी नेपाली बनाउने हाम्रो पार्टीको नारा पुरा होला ? हाम्रो पार्टिले पहिले उदाहरण बन्नु पर्दछ र अरु पार्टिले हामीबाट सिक्ने बातावरण बनाउनु पर्दछ ।
मैले एक कार्यक्रममा बोलेको कुरा बारे
मानब जातिको लागि काम गर्ने उद्येस्यले हामीले जुन बाटो रोजेका छौँ, त्यसमा गर्ब गरौं भन्दै पञ्चायत काल देखि नै कम्युनिष्ट पार्टीमा लाग्ने यो कठिन बाटो मैले रोजेको हुँ । कम्युनिष्टहुनु भनेको साम्यवादी हुनु हो । साम्यवाद भनेको संक्षिप्तमा भन्दा विश्वभरिका मानव जाति समान भएको ‘मानव–स्वर्ग’ हो । साम्यवादमा मानव मानव बीच वर्गीय, जातीय, लैंगिक, क्षेत्रीय लगायत कुनै पनि प्रकारका शोषण, उत्पीडन, भेदभाव रहँदैन । सबैखाले भेदभावको अन्त्य भएको उदात्त मानव मूल्यमा आधारित विश्व मानव समाज नै साम्यवाद हो । यति उदात्त वैचारिक आदर्शबोकेका हामी कम्युनिष्टहरूका जीवन साँच्चै विचार अनुसार उदात्त छन् त ? छलछाम, षड्यन्त्र, चाकरी, गालीगलौज, निषेध बारम्बार भइनै रहनेछन् त ?साम्यवादी उदात्त विचार बोकेका हामी कम्युनिष्टहरू व्यवहारमा पूँजीवादी भन्दा पनि असहिष्णु, निषेधकारी र शक्तिपूजक किन भएका छौँ ?
यसको अन्तर्यमा गएर हेर्दा दार्शनिक रुपमै समस्या देखिन्छ । मैले देखेको छु । पञ्चायत काल देखि नै अरुको भनाइमा म एक कुशल प्रशिक्षक हुँ । मैले मार्क्सवाद पनि परिवर्तनशिल छ भन्दै आएको छु किनकी बिज्ञान परिवर्तनशिल छ र संसारका सबै भौतिक बस्तुहरु परिवर्तनशिल छन् । द्वन्द्वात्मक भौतिकवाद सापेक्षित रूपमा वैज्ञानिक दर्शन हो । ज्ञान विज्ञानको विकास सँगसँगै यस दर्शनलाई पनि विकास गर्दै लैजानुपर्ने हो। तर त्यस्तो भएको देखिंदैन । विपरीतहरूको एकत्व नै विकास हो । द्वन्द्वात्मक भौतिकवादको एक प्रवर्ग निषेधको निषेध हो । जसरी विपरीतहरूको एकत्व सार्वभौम छ, त्यसरी निषेधको निषेध सार्वभौम छैन । यो सापेक्षित छ । यस बिषयमा मेरो शुरु देखि नै बेग्लै बिष्लेशण छ । सापेक्षित प्रवर्गलाई सार्वभौम मान्नु नै हामी कम्युनिष्टहरू असहिष्णु, निषेधकारी र शक्ति पूजक बन्नुको एउटा कारण हो । द्वन्द्वात्मक बन्नुको अर्थ निषेधात्मक बन्नु होइन, शक्ति पूजक बन्नु होइन, गतिशील सन्तुलन कायम गर्नु हो ।
नेत्रित्व खेलौना होइन, कठोर संघर्षले मात्र जन्मन्छ, चेतना भन्दा उत्तेजना, बिबेक भन्दा आबेग र प्रेम भन्दा नफmरत छिटो बिक्छ । अहंकारले क्रोध र त्रोधले उत्तेजना बढाउँछ । छलबाट प्राप्त सफलता होइन, कायरता हो । दिमाग बाट बैरभाब मेटाऔँ र प्रेमको रचना गरौँ, नेल्सन मन्डेलाले आफुलाई २७ बर्ष जेल हाल्ने डा. डब्लु डे क्लर्कलाई उपरास्ट्रपती बनाय । ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन’ स्व कमरेड मदन भण्डारीले भन्नु भएको कुरा हामीले भुल्नु हुन्न । मदनले २०४६ सालमै वाम आन्दोलनलाई विशिष्ट ढंगले एकीकृत गर्नुपर्छ भन्ने भावना बोध भएर यो प्रस्ताव अघि सारेका थिए । अन्ततः त्यो एकतामा पुग्छ भन्ने सोच उनको थियो । नभन्दै माले र मार्क्सवादी मिलेर एमाले बन्यो ।अन्धभक्तता र अन्धबिरोध दुबै अतिबाद हुन । एउटाको बढी प्रशंशा गर्नु भनेको अर्कोको निन्दा गर्नु पनि हो। प्रियबचन बोल्नेहरुका लागि कोही पनि शत्रु हुँदैनन । सेवा गर्ने हातहरु प्रार्थना गर्ने ओठहरु भन्दा पवित्र हुन्छन । जस्तोसुकै बिपत्तिमा पनि शिष्टाचारको उलंघन् गर्नुहुन्न । झुक्दै नझुक्ने मानिस अनुचित कट्टरतामा परिणत हुन्छ, साहसी ब्यक्ति नै दुस्साहसी भएर समाप्त हुनसक्छ । धेरै बिनम्र ब्यक्ति चाकारी र दास मनोब्रितीमा पतन हुनसक्छ ।
अहिले नेपालका सम्पूर्ण श्रमजीवी जनता, लाखौं पार्टी सदस्यहरु, हजारौं कार्यकर्ता र नेताहरु कम्युनिष्टहरु बिच एकता होस् वा एकता नभए पनि मोर्चा होस् भन्ने चाहन्छन् । सामाजिक आर्थिक रुपान्तरणबाट समृद्ध राष्ट्र निर्माण गर्न विध्वंश वा अनेकताबाट होइन, सिर्जना र एकताबाट माक्र शत्ति आर्जन गर्न सकिन्छ । पार्टीको सिद्धान्त, राजनीतिक कार्यदिशा, तात्कालिक कार्यनीति, विदेश मामिला, सामाजिक आर्थिक रुपान्तरणको दिशा तथा लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा समाजवाद निर्माण गर्ने लक्ष्यमा कुनै मतभिन्नता नहुँदा नहुँदै पनि कम्युनिष्टहरु बिच किन तिक्ततापूर्ण सम्बन्ध ? भिडियोमा बोलेको कुरा संपादित अंश हो र यसमा कुनै बेला, कुनै प्रशंगमा भनेको कुरा जोडा जोड गरेर बनाएको वा सम्पादन गरिएको कुरा प्रष्ट छ । जसले यो प्रचार गरेर राम कुमारको प्रतिष्ठा घट्छ भनेर खुशी हुनुभएको होला तर त्यो सफल हुनेवाला छैन । किनकी अबको राजनीति गाली गलौजको राजनीति हुन सक्दैन । अबको राजनीति गरेको कामलाई जसले गरेपनी खुलेर प्रसंशा गर्ने समयको राजनीति हो । राजनीति प्रती आम युबाहरु, नयाँ पिढिँमा किन वितृष्ण जन्मिएको छ भने राजनीतिक नेताहरुले अरुलाई गाली गरेको, आलोचना गरेको सुन्दा सुन्दा दिक्क भएका छन् । यो इलेक्ट्रोनिक जमानामा बोली उस्तै बनाएर, मानिस उस्तै बनाएर पनि नयाँ नयाँ भिडिओ बनाउन सकिन्छ । पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी, के पी ओली, प्रचन्ड, माधव नेपाल जस्ता नेताहरुलाई उहाँहरुले गर्नु भएको योगदानलाई हेरेर महानायक भन्नु पर्छ कि पर्दैन ? उहाँहरुलाई क्यास्ट्रो, होचिमिन्ह, माओ, लेनिनसँग तुलना गर्नुपर्दछ । नेपाली कांग्रेशका नेताहरु बि पि कोइराला, गणेशमान सिंह, कृष्ण प्रशाद भट्टराई, गिरिजा प्रशाद कोइराला, शुसिल कोइरालाई संझनु पर्दछ कि पर्दैन ? प्रिथिबिनारायण शाह, महेन्द्र बिक्रम शाहलाई पनि संझनु पर्दछ कि पर्दैन ? जिउँदो छँदा गाली मात्र गर्ने, मरेपछि जयजयकार गर्ने हाम्रो बानीलाई सच्याउनु पर्दछ । मैले जहिले पनि शिष्ठताको संस्कार बिकास गर्नुपर्दछ भनेर भन्ने गरेको छु । अरुलाई गाली, अपमान गरेपछि मात्र पार्टीको पक्का, बलियो मान्छे हुने प्रब्रितिको अन्त्य गर्नु पर्दछ । अंग्रेजीमा एउटा उखान छ – उनिहरु मलाई हेरेर ब्यंग गर्नेछन्, त्यसपछी हाँस्नेछन् र आक्रमण गर्नेछन् । अनी म जित्नेछु ।
निष्कर्श
सबैलाई सम्मान गर्ने, कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनु पर्दछ । रिस, ईर्ष्या, डाह, द्वेष, आक्रोस, प्रतिशोध, बदला लिएर आत्मसन्तुष्टी लिने प्रवृत्तिको अन्त्य गरिनु पर्दछ । जनताको बहुदलीय जनवादको सिद्धान्तले हामीलाई अनुशासित, मर्यादित र विधिको अधीनमा राख्छ । सुदृढ आन्तरिक जनवादको अभ्यासबाट सुन्दर संसार निर्माण गर्ने महाभियानमा सरिक भएका मान्छेहरु नै कम्युनिष्ट आन्दोलनका योद्धा हुन् । त्यस्ता योद्धा कमरेडहरु उच्च संस्कृतिले युक्त, सभ्य चिन्तनधाराबाट विचलित भई निम्नस्तरका अभिव्यक्ति दिन पनि पछि नहटेको देख्दा उदेक लाग्दो अवस्था सिर्जना भएको छ । कम्युनिष्टहरुको व्यक्तिगत स्वार्थ केही हुन्न सुन्दर संसार निर्माण गर्ने मात्र हुन्छ भन्ने प्रशिक्षणबाट अगाडि बढेका नेताहरुको व्यवहार कति पनि सुहाउँदो भएन । आज एउटा अवस्थामा मिल्न सकेनौं, भोली अर्को अवस्थमा नमिली नहुने स्थिति हुनसक्छ ।
कार्यकर्ता र समर्थक शुभचिन्तकहरुलाई विनम्र हुन, आरोप–प्रत्यारोपमा सामेल नहुन, कुनै पनि अवस्थामा गालीगलौज नगर्न,नेपाल राष्ट्र र जनताको सार्वभौमिक अधिकारको रक्षा तथा समृद्ध समाजवाद निर्माणका लागि आवश्यक पर्दा काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिज्ञा व्यक्त पाठ सबै कम्युनिष्ट पार्टीहरुले आफ्ना नेता कार्यकर्ताहरुलाई पढाउनु पर्दछ । नेपालमा अब राजनीतिक पार्टीहरुका नेताहरु र कार्यकर्ताहरुले अनाबस्यक गाली, आलोचना नगर्ने अभियान चलाऔँ र गरेका कामको प्रशंसा गर्ने अभियान चलायौँ भने राजनीति प्रतिको हालको युवा पुस्तामा देखिएको वितृष्ण कम गर्न सकिन्छ । आलोचना पनि स्वस्थ गर्न सकिन्छ । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेको अवस्थामा पनि नेपालका परिवर्तनकारी जनताले नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई अमूल्य मत प्रदान गरी शक्तिशाली संगठनका रुपमा स्थापित गर्न ऐतिहासिक योगदान पुर्याएका हुन् । जनताको यो अपार समर्थनमा धेरै धेरै आशा र विश्वासका किरणहरु रहेका छन् । तर पार्टी विभाजनले नेपालका परिवर्तनकारी जनताहरुको आशा र विश्वासमा ठूलो धक्का पुगेको छ । कम्युनिष्टहरुले विगतलाई कोट्याउनु भन्दा सुन्दर भविष्यको निर्माण गर्नु पर्छ । कम्युनिष्टहरु बिचमा एकता हुनु पर्दछ र यो एकता, उल्लास, उमङ्ग र शक्तिको श्रोत हुनेछ । उदारता, त्याग, माया, प्रेम, सद्भावले पनि धेरै ठूला काम गर्न सकिन्छ । त्याग र विवेकले कम्युनिष्ट एकतालाई नयाँ ढङ्गले अगाडी बढाउनु पर्छ ।
प्रायः बिरोध, आलोचनालाई सजिलै ग्रहण गर्ने खालको जनमत भएको नेपालको राजनीतिमा सकारात्मक भन्दा बढी नकारात्मक पक्षले र बिरोधको राजनीतिले महत्तो पाउदै आएको छ । धेरै जसो संचार जगतले प्रधानमन्त्री र यो सरकारलाई आलोचना गर्न कठोर ढंगले लागेको देखिन्छ। बुद्धिजिबिहरुको प्रागिक कौसल यो वा त्यो नाममा आलोचना र आरोपमै लागेको देखिन्छ। आफ्नै दलका शीर्ष नेताहरुले बिधी, पद्ध्धती तोडेर आलोचना गर्न र भ्रम श्रीजना गर्न लागिपरेका छन् । तर आलोचनाको पनि निस्चित बिधी, सिमा हुन्छन होइन र ? आलोचना र बिरोध स्वतन्त्र न्यायमा आधारित हुनु पर्दछ कि पर्दैन ? डाह, इर्श्याले प्रगती हुँदैन। लेख्न, बोल्न, आलोचना गर्न धेरै सजिलो छ, कुरा काट्नमा आनन्द आउछ। जिम्बेवार प्रतिपक्षीले तिललाई पहाड बनाउदा उसको उचाइ घट्दैन ? जनभाबना क्रमशः निरासामा परीणत हुँदै जानुमा अनाबस्यक भ्रम र मिथ्या आलोचना जिम्बेवार छैन? बजेट कार्यन्वायनको भर्खर्को चरणमा हुँदा सरकार पूर्ण असफल भयो भन्नु पुर्बाग्रह, रिश, डाहा, प्रतिसोध भन्दा के हुन सक्छ ?
क केपी शर्मा ओली र प्रचण्डको नाम, संघर्ष, निर्भिकता, निष्ठा, अडान, देशभक्ती र त्याग सुनेर नेपालमा धेरै मानिसहरु कम्युनिस्ट भएका छन।
मानिससँग तर्कको अन्त्य भएपछि र विवेक गुम्न थालेपछि गाली आरम्भ हुन्छ । अत्यन्त सुसंगठित, समाजको जरासम्म भिजेको लाखौं कार्यकर्ता र जनताको साथ रहेको, संसारमै कम्युनिस्ट पार्टीलाई एकिकरण गर्न सक्ने, बिस्वमै नेपालको नाम ऐतिहासिक रुपमा राख्न सक्ने, असीम इच्छा शक्ति भएका, सामन्तबादलाई सधैंको लागि नेपालबाट हटाएर जनतालाई वास्तविक सार्बभौम बनाउने आन्दोलनको नेत्रित्व गर्ने महानायक नेता भनेर माओवादी कार्यकर्ताले कमरेड के पी ओलीलाई भन्न सक्ने दिन हामीले ल्याउनु पर्दछ ।
राजनैतिक पार्टीका नेता एवं कार्यकर्तामा सुविधाभोगी प्रवृती, पदलोलुप प्रवृती, अराजक एवं अनुशासनहीन प्रवृतीहरु वढ्दै गएका मात्र नभै आफ्नो हैसियतको दुरुपयोग गर्ने, आफुले आफैलाई सक्षम एवं महान भन्ने, अरुलाई असक्षम भन्ने, नेताहरुको कुरा काट्ने, निर्णय पालना नगर्ने, कार्यकर्ताको कामको मूल्याङकन नगर्ने वा मूल्याङकनको उचित संयन्त्र नवनाउने, नाताबाद, कृपावाद, जातिवाद, क्षेक्रियतावाद एवं व्यत्तीगत सरसहयोगका आधारमा कार्यकर्ताको प्रमोशन गर्ने र लाभका पदमा पुर्याउने, आफ्नो गुटकाले जे गरे पनि हुन,े आदर्श,मूल्य, मान्यतामा ह्रास, काम नगरे पनि काम गरेको रिपोटिङ्ग गर्ने, केन्द्रमुखी वन्दै जाने, जनतासँगको जिवन्त सम्वन्ध कमजोर वन्दै जाने जस्ता आम प्रवृती हावी भईरहको यस परिवेशमा हाम्रो पार्टीको जरा अभियान महत्तोपूर्ण रहेको छ ।
पार्टीमा काम गर्दा गल्ती हुनसक्छ । त्यसैले गल्ती अनुसार कुनै पनि नेताको आलोचना हुनु स्वभाविक छ । गल्तीको प्रष्ट रुपमा आलोचना गर्न पाउनु पार्टीको लोकतान्त्रीकरणको अर्को महत्वपूर्ण पक्ष हो । प्रतिशोधको निश्चित सिमा हुन्छ, दिमागबाट बैरभाब हटाऔँ र प्रेमको रचना गरौँ । सपना चुम्न हिंडेको योध्धा कहिलै थाक्दैन। बिबाद जिबन्तताको अर्को नाम हो। संसारका कुनै पनि राजनीतिज्ञ बिबादमुक्त रहन सकेको देखिंदैन। जसले काम गर्छ, उसका बारेमा टिका टिप्पणी हुने गर्छन। किराले अन्नलाई जस्तै कपटले मानिसलाई नष्ट गर्छ। महान ब्यक्ति अनुशासनको घेरामा हुन्छ । यसर्थ राजनीति गर्ने नेताहरू समाजको सबैभन्दा अगुवा, जिम्मेवार, सुसंस्कृत, आदर्शवान, चरित्रवान हुनुपर्दछ । अझ राज्यकै नेतृत्व गरिरहेका र गरिसकेकाव्यक्तिहरू त झन् विनम्र र शालीन हुनैपर्दछ । उनीहरूले ‘रिस उठेको बेला वेदपढिन्न’ भन्न पाइँदैन । तर विडम्बना राज्य र पार्टीको नेतृत्वगरिरहेका र गरिसकेका कतिपय नेताहरू जो सबैभन्दा विनम्र, शालीन, जिम्मेवार, सुसंस्कृत, आदर्शवान, चरित्रवान हुनुपर्ने हो; उनीहरू नै सबैभन्दा अभद्र, आक्रामक, गैरजिम्मेवार, संस्कारहीन, ढोंगी, पाखण्डी र चरित्रहीन देखिन्छन् । समाजले प्रायः आफूभन्दा अघिल्ला पुस्ताहरू र अगुवाहरूबाट उत्तर दानको रूपमा संस्कार सिक्दै र संस्कृति निर्माण गर्दै जान्छ । त्यसैले सुसंस्कृत समाज निर्माणको मुख्य जिम्मा अघिल्ला पुस्ताहरू र समाजका अगुवाहरूकै हुन आउँछ ।
राजनीति राज्य सञ्चालनको मूल नीति भएका कारण अब देश, काल, परिस्थिति अनुसार दर्शन, विचार र राजनीतिक सिद्धान्त निर्माण गर्न जरुरी छ । त्यो भनेको आजको सन्दर्भमा निजी स्वतन्त्रता र सामूहिकतामा आधारित समुन्नत समाजवाद हो । यसले गुण र दोषको आधारमा समर्थन र विरोध गर्दछ । कुनै पनि कुराको निषेध र पूजा गर्दैन, गतिशील सन्तुलनका आधारमा व्यवहार गर्दछ । ‘विवाद’ जीवन्तताको पर्याय हो र संसारका कोही पनि राजनेता विवाद मुक्त छैनन् र हुँदैनन् पनि, शतप्रतिशत पर्फेक्ट दुनियाँमा कोही, केही पाउन सकिन्न। यो युग निषेधको युग होइन, बरु सहमति, सहकार्य, सौहार्दता, शिष्टता रकम्प्रोमाइजको युग हो। प्रभावकारी सञ्चारले जस्तोसुकै कुरा पनि मिलाउन सकिन्छ । रिस, ईर्ष्या, डाह, द्वेष, आक्रोश, प्रतिशोध, बदला लिएर आत्मसन्तुष्टि लिने प्रवृत्तिको विनाश निश्चित छ । उदारता, त्याग, माया, प्रेम, सद्भावले धेरै ठूला काम गर्न सकिन्छ । इतिहासको अनुभवले भन्छ, कम्युनिस्ट आन्दोलनले गौरवपूर्ण विगतको राम्रो व्याख्या गर्छ । भविष्यको सपना पनि सुन्दरढंगले बताउँछ । तर वर्तमानबारे असाध्यै कम सुझबुझ राख्छ । भविष्यको कामलाग्दो बाटो तय गर्न भने वर्तमानबारे सुस्पष्ट समझको आवश्यकता पर्दछ ।
(एमालेका नेता डा. अधिकारी पूर्व मन्त्री हुनुहुन्छ ।)