राप्रपा केन्द्रीय कार्यालय अन्तिम श्रद्धाञ्जलीपछि बोहोराको अन्त्येष्टि आज गरिदै

43 पटक पढिएको

सम्पादक: Dhading News

 

काठमाडौँ । राप्रपाका दिवंगत नेता दिपक बोहोराको अन्त्येष्टि आज गरिदै छ ।

मंलगबार ७४ बर्षको उमेरमा ओम अस्पतालमा उपचारको क्रममा बोहोराको मृत्यु भएको थियो ।

रुपन्देही-३ बाट प्रत्यक्ष सांसद रहेका बोहोरा पछिल्ला केहि बर्ष बोल्न नसक्ने अवस्थामा थिए ।

बोहोराको पार्थिव शरिरलाई मंगलबार हेलिकप्टरबाट गृहनगर भैरहवा लगिएको थियो भने मंगलबार साँझ नै उनको पार्थिव शरीर काठमाडौँ ल्याइएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बोहोराको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने र आजै बोहोराको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने  छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *