काठमाडौँ उपत्यकाका तीन जिल्लामा आज सार्वजनिक बिदा
444 पटक पढिएको
काठमाडौं, १८ जेठ ।गृह मन्त्रालयले आज काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावालाखेलमा देखाइनेछ । रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राका दिन आज काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो ।
मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।ललितपुरमा एक महिना लामो चल्ने रातो मछिन्द्रनाथकाको रथ यात्रा अन्तर्गत आज अन्तिम दिन भोटो देखाइने भएको छ ।








l9wcs5
1t9h26
https://shorturl.fm/xlGWd