धादिङका विभिन्न स्थानमा साउन ४ गते आईतबार विद्युत् आपूर्ति बन्द हुने
412 पटक पढिएको
धादिङबेशी— नेपाल विद्युत् प्राधिकरणले साउन ४ गते आईतबार धादिङका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ ।
प्राधिकरणले एक सूचना प्रकाशित गरी धादिङबेशी सवस्टेशन देखि सल्यान्टार सवस्टेसन आएकाे ३३ के.भि. प्रसारण लाईनकाे निलकण्ठ न.पा. वडा नं. ८ साघुटार खण्डमा लाईन मर्मत संभार तथा डिस्कनेक्टिङ स्विच जडान कार्य प्रयोजनका लागि साउन ४ गते आईतबार विहान ९:०० बजेदेखि बेलुका ७:०० बजेसम्म लाइन कटौती हुने जनाएको हो ।
प्राधिकरणका अनुसार सल्यान्टार सवस्टेसनबाट सञ्चालन हुने चैनपुर, बुढाथुम तथा आरूघाट फिडरकाे सम्पूर्ण एरिया(त्रिपुरासुन्दरी गाउपालिका, गंगाजमुना गाउपालिका वडा नं ५,६ र ७, ज्वालामुखी गाउपालिका, नेत्रावती डबजाेङ गाउपालिका र निलकण्ठ नगरपालिकाकाे वडा नं १० र १४ तथा आरूघाट वितरण केन्द्रबाट वितरित सम्पूर्ण एरियाहरूमा ) बिजुली कटौती हुनेछ ।
बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत सूचनामा उल्लेख छ ।








Join our affiliate community and earn more—register now! https://shorturl.fm/5Xkc3
Start sharing our link and start earning today! https://shorturl.fm/jj7ng
Share our link, earn real money—signup for our affiliate program! https://shorturl.fm/thQT2