अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा वक्तृत्वकला प्रतियोगिताको आयोजना,प्रथम हुनेले ५० हजार नगद पुरस्कार पाउने जिल्लाका युवाहरूलाई अभिव्यक्तिको अवसर

544 पटक पढिएको

६ श्रावण २०८२, मंगलवार २१:३७ सम्पादक: धादिङ न्यूज

धादिङ-अन्तर्राष्ट्रिय धादिङ समाजले जिल्लाभरिका युवाहरूको सिर्जनशील अभिव्यक्ति विकास, स्थानीय पहिचानको प्रवर्द्धन, पर्यटन सम्भावनाको प्रचार तथा आपसी सम्बन्ध सुदृढीकरणका उद्देश्यले जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ।

 समाजले यस्ता गतिविधिबाट युवालाई नेतृत्वको दिशामा प्रेरित गर्न चाहेको अध्यक्ष राजन खकुरालले  समाजले यस्ता गतिविधिबाट युवालाई नेतृत्वको दिशामा प्रेरित गर्न चाहेको अध्यक्ष राजन खकुरालले बताए।

प्रतियोगिता दुई चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा प्रत्येक स्थानीय तहबाट एक जना छात्र र एक जना छात्रा गरी प्रतिनिधि छनोट गरिनेछ भने दोस्रो तथा अन्तिम चरणमा पाँच जना उत्कृष्ट वक्ताहरूलाई पुरस्कृत गरिनेछ। स्थानीय तहको छनोट चरणमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतिस्पर्धीहरूलाई स्टेशनरी सामग्री पुरस्कार स्वरूप प्रदान गरिनेछ।

प्रतियोगिताका लागि १६ देखि ३५ वर्ष उमेर समूहभित्र (माध्यमिक देखि व्याचलर) का युवा सहभागी हुन योग्य हुनेछन्। अन्तिम चरणमा उत्कृष्ट स्थान हासिल गर्ने विजेताहरूलाई प्रथम पुरस्कार: रु ५०,०००।-, द्वितीय पुरस्कार: रु ३०,०००।-,तृतीय पुरस्कार: रु २०,०००।- चौथो पुरस्कार: रु १०,०००।- र पाँचौं पुरस्कार: रु ५,०००।- नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

समाजले जिल्लाभित्रका सम्पूर्ण स्थानीय तहहरूमा प्रतियोगिताको जानकारी पुर्याई प्रतिनिधि छनोटको प्रक्रिया सहज बनाउन समन्वय र सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। सहभागी प्रतिनिधिहरूको विवरण भदौ १० गते भित्र [email protected] मा पठाइसक्न अनुरोध गरिएको छ।

 शिक्षा क्षेत्रको सहयोग, समन्वय र मार्गदर्शनले प्रतियोगिता अझ प्रभावकारी हुने विश्वास आयोजक समितिले व्यक्त गरेको अन्तर्राष्ट्रिय धादिङ समाज प्रबक्ता सुदीप भुषण अर्यालले डिन्यूजलाई बताउनु भयो ।

कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष बद्रि खतिवडाका अनुसार “यो प्रतियोगिता सिर्जनशीलता, आत्मविश्वास र स्थानीयताको प्रवर्द्धनका लागि एक महत्वपूर्ण अवसर हो। महासचिव बाबु काजी भण्डारी र सचिव कल्याण बिक्रम कार्कीले प्रतियोगितालाई अन्तर्राष्ट्रिय धादिङेली समृद्धिको अभियानसँग जोडिएको रचनात्मक पहल भएको बताउनु भएको छ ।

,