कवि महान त्यागीको नाम जस्तै काम , विद्यालयमा ‘पठन पुनर्जागरण अभियान’
541 पटक पढिएको
धादिङ । धादिङ जिल्लाको शैक्षिक इतिहासमा पहिलोपटक विद्यालय–विद्यालयमै पुगेर ‘पठन पुनर्जागरण अभियान’ सम्पन्न गरिएको छ । पुस्तकालय दिवसको अवसर पारेर कवि महान त्यागीले सुरु गरेको यो साताव्यापी अभियानले बेनीघाट रोराङ्ग गाउँपालिकाका सबै १२ माध्यमिक विद्यालयलाई समेटेको छ।
अभियानको क्रममा उनले पुस्तक पढ्ने संस्कृतिको महत्त्वबारे विद्यार्थी, शिक्षक र स्थानीय समुदायलाई जानकारी गराए। त्यस्तै, करिब १० हजार बराबरका ७२ थान पुस्तक विद्यालयहरूमा वितरण गरिएको छ। विद्यालयका प्रमुखहरूको भनाइमा धादिङमा यसअघि कहिल्यै पनि यति संगठित रूपमा पुस्तक पढ्ने अभियान भएको थिएन। उनीहरूका अनुसार, यस अभियानले ग्रामीण क्षेत्रमा बस्ने विद्यार्थी मात्र नभई आम नागरिकलाई पनि दीर्घकालीन रूपमा फाइदा पुर्याउनेछ।
कवि त्यागी यसअघि पनि साहित्यिक चेतना जगाउने विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनले गजल गङ्गा मासिक पत्रिका, मालश्री भित्ते पत्रिका प्रकाशन तथा गाउँका भित्तामा कविता लेख्ने अभियानलाई व्यक्तिगत लगानीमै सञ्चालन गर्दै आएका थिए।
हालै अन्तर्राष्ट्रिय साहित्य समाजले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम भएका त्यागीले यसअघि पनि गजल गङ्गा मासिक, मालश्री भित्ते पत्रिका र कविता भित्ते अभियानमार्फत गाउँमा साहित्यिक चेतना फैलाएका थिए। यसपटक उनले पुस्तकलाई मुख्य माध्यम बनाएर समुदायलाई जोड्ने प्रयत्न गरेका छन्।
शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूको भनाइमा ‘पठन पुनर्जागरण अभियान’ ग्रामीण क्षेत्रको शिक्षाको स्तर उकास्न ठूलो कदम सावित हुनेछ। उनीहरूको अपेक्षा छ-यसले पुस्तकालयको प्रयोग बढाउने, विद्यार्थीलाई सिर्जनशील बनाउने र गाउँ–समुदायमै अध्ययन–अभ्यास गर्ने वातावरण सिर्जना गर्नेछ।








https://shorturl.fm/zGosd
https://shorturl.fm/IGjNq