आजका लागि विदेशी मुद्राको विनिमय दर
276 पटक पढिएको
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ २८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०९ पैसा तोकिएको छ भने स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ २१ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा कायम गरिएको छ । सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा तोकिएको छ । कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ ।
थाइ भाट एकको खरिददर ४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा तोकिएको छ । दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा तोकिएको छ । स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ भने डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २३ पैसा र बिक्रीदर २२ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
यस्तै हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा तोकिएको छ । कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ७८ पैसा कायम भएको छ । बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ भने ओमानी रियाल एकको खरिददर ३६८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले आवश्यक परे यो दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने जनाइएको छ ।








https://shorturl.fm/cIuz8