प्रधानमन्त्री कार्कीको आग्रह : “स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ”
220 पटक पढिएको
काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री शुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउने सरकारको प्रतिबद्धता दोहोर्याएकी छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा दलका प्रतिनिधिसँगको छलफलमा उनले मन्त्रीदेखि सुरक्षानिकायसम्मका सबै अंग निर्वाचन तयारीमा जुटेको बताइन्।
संवादमा ढिलाइको कारणबारे प्रधानमन्त्री कार्कीले भनिन्,“यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो। त्यसमा समय लाग्यो।”
उनका अनुसार सुरुआती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्न रुचाएका थिएनन्, तर “राष्ट्रपतिबाट संवादको ढोका खोलिदिने काम भएको” उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले सबै पक्षलाई आग्रह गरिन् -“जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आ-आफ्नो तर्फबाट भूमिका खेलौँ। सरकार यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न तयार छ।”








https://shorturl.fm/6V10V
https://shorturl.fm/a73ev
https://shorturl.fm/gE4BI