कार्की आयोगको निष्पक्षतामाथि प्रश्न, सर्वोच्चमा रिट दायर
345 पटक पढिएको
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिको छानबिनका लागि बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमाथि कानुनी चुनौती प्रस्तुत भएको छ।
अधिवक्ता विपिन ढकालले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्दै आयोगको निष्पक्षता र वैधानिकता दुवैमा प्रश्न उठाएका हुन्।
सर्वोच्च अदालतका सह-रजिष्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट दर्ता प्रक्रियाको अध्ययन भइरहेको छ।
ढकालले रिटमार्फत आयोगका संयोजक कार्कीले विगतमा सार्वजनिक पदमा रहँदा देखाएको भूमिका र वक्तव्यहरूले पूर्वाग्रही छाप पारेको उल्लेख गर्दै त्यस्तो व्यक्तिलाई आयोगको नेतृत्वमा नियुक्त गर्नु छानबिनको निष्पक्षताको मापदण्डविपरीत भएको दाबी गरेका छन्।
रिटमा आयोगको गठन प्रक्रिया, अधिकार क्षेत्र र उद्देश्य पनि विवादित रहेको उल्लेख गरिएको छ।
सरकारले केही दिनअघि जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र जनधन क्षति सम्बन्धी विषयमा छानबिन गर्न कार्कीको संयोजकत्वमा पाँच सदस्यीय आयोगगठन गरेको थियो।








https://shorturl.fm/UqE67
https://shorturl.fm/LkrKL
https://shorturl.fm/YVp59