वाम एकता घोषणा: माओवादी र समाजवादी दलहरू ‘नेपाली कम्युनिष्ट पार्टी’मा विलय
327 पटक पढिएको
काठमाडौं, १९ कात्तिक – देशका प्रमुख वामपन्थी दलहरूबीच लामो समयदेखि हुँदै आएको एकता प्रयास अन्ततः सफल भएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित दश वाम दलले आज संयुक्त रूपमा एकता घोषणा गरेका छन्।
भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, महेन्द्रराय यादवलगायत शीर्ष नेता तथा हजारौं कार्यकर्ता उपस्थित थिए।
नवगठित दलको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ। पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ हुनेछ। सो अवसरमा नयाँ पार्टीको चुनाव चिन्ह ‘पाँचकुने तारा’ पनि सार्वजनिक गरिएको छ।
एकता संयोजन समिति सदस्य प्रमेश हमालका अनुसार सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणका माध्यमबाट समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्न वामशक्ति एकत्रित भएका हुन्। उनका शब्दमा, “पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण र समाजवादको आधार निर्माण आजको प्राथमिक कार्य हो।”
सम्झौताअनुसार, एकीकृत पार्टीले आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्नेछ। यस अवधिमा सहभागी दलका केन्द्रीय संरचनालाई समायोजन गरी संयोजक र सह–संयोजकको सह–नेतृत्व प्रणालीमा आधारित समितिहरू गठन गरिनेछ।
प्रदेशदेखि वडा तहसम्मका सबै तहका समितिहरूमा पनि सामूहिक नेतृत्वको सिद्धान्त लागू गरिने बताइएको छ। पार्टीले जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार सञ्चालन हुने जनाएको छ।








https://shorturl.fm/hqJ9A
https://shorturl.fm/Jg5v2
https://shorturl.fm/6CncJ
https://shorturl.fm/anDjw
https://shorturl.fm/6I0Dx