दल खारेजीका लागि नेकपाका बरिष्ठ नेता वामदेव गौतमको निर्वाचन आयोगमा निवेदन

244 पटक पढिएको

२५ कार्तिक २०८२, मंगलवार २०:३६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, २५ कात्तिक । नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका नेता वामदेव गौतमले आफ्नो दर्ता भएको दल खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान २०७९ साल साउन १२ गते आयोगमा दर्ता भएको थियो। उनी सो पार्टीका संयोजक थिए।

समाजवादी पार्टी हुँदै पुनः नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका गौतमले अब पुरानो पार्टी खारेज गर्न औपचारिक रूपमा माग गरेका हुन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले गौतमको दलले खारेजीका लागि निवेदन दर्ता गरेको पुष्टि गरे।

एकता राष्ट्रिय अभियान दर्ता दलले ‘धानको बाला’ चुनाव चिन्ह पाएको थियो।