नेपाली कम्युनिष्ट पार्टीले पायो दल दर्ताको प्रमाण पत्र , केन्द्रिय समितिमा धादिङबाट तीन जना
298 पटक पढिएको
काठमाडौं । निर्वाचन आयोग नेपालले नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका १२ वटा वाम समूह मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले कात्तिक २८ गते शुक्रवार दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित १२ दल तथा समूहको एकीकरणपछि गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दल दर्ता प्रमाणपत्रमा भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनसमाजदावी पार्टी, नेकपा समाजवादी र नेकपा माओवादी समाजवादीको मात्रै नाम उल्लेख गरिएको छ ।
नेकपाको केन्द्रिय समिति १३८ सदस्यीय रहने गरी निर्वाचन आयोगमा प्रस्ताव भएको छ ।
आयोगमा प्रस्तावित केन्द्रीय समितिको सूचीअनुसार पुष्पकमल दाहाल प्रचण्ड संयोजक छन् भने माधवकुमार नेपाल सह–संयोजक छन् ।
नेता झलनाथ खनालको नाम तेस्रो नम्बरमा छ भने बामदेव गौतम र नारायणकाजी श्रेष्ठको नाम चौथो र पाँचौं नम्बरमा छ । अग्निप्रसाद सापकोटाको नाम छैटौं नम्बरमा छ भने कृष्णप्रसाद महरा सातौं नम्बरमा छ ।
तत्कालिन एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालको नाम १० औं नम्बरमा छ भने तत्कालिन माओवादी केन्द्रका महासचिवको नाम १९औं नम्बरमा छ ।
नेकपाको केन्द्रिय कमिटीको सदस्यहरुमा धादिङ जिल्लाका तीन जनाको मात्रै नाम रहेको छ । जस्मा ११ नम्बरमा डा. गंगालाल तुलाधर,१८ नम्बर मा राजेन्द्र प्रसाद पाण्डे, १३० नम्बरमा कल्पना धमलाको नाम रहेको छ ।
प्रस्तावित केन्द्रीय समितिको अन्तिम नम्बरमा (१३८) मा बिना मगरको नाम छ ।








https://shorturl.fm/znWE2
https://shorturl.fm/AvCQb