एमालेको ११औँ महाधिवेशन तयारी तीव्र, १३ उपसमिति गठन -कसलाई के जिम्मेवारी ?
322 पटक पढिएको
काठमाडौं । नेकपा एमालेले आगामी ११औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न १३ वटा उपसमिति गठन गर्दै तयारीलाई तीव्र बनाएको छ। बिहीबार बसेको सचिवालय बैठकले महाधिवेशन व्यवस्थापनदेखि आवास, यातायात, खाद्य, प्रचार–प्रसारलगायत सबै पक्ष सम्हाल्न जिम्मेवारी तोकेको हो।
सबैभन्दा महत्वपूर्ण महाधिवेशन सचिवालय व्यवस्थापन समितिको संयोजकमा महासचिव शंकर पोखरेल, सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सदस्यमा सचिव योगेश भट्टराई तोकिएका छन्।
प्रतिनिधि व्यवस्थापन समितिको जिम्मा काशीनाथ अधिकारीलाई दिइएको छ भने माधव ढुंगेल सचिव रहेका छन्। सो समितिमा संगठन विभागका सदस्यहरू, कार्ड व्यवस्थापनसँग सम्बन्धित प्राविधिक महेन्द्र श्रेष्ठ र किरण माली सदस्य छन्।
जनपरिचालन समितिको नेतृत्व प्रदीप ज्ञवालीले गर्नेछन्। उनले संयोजकका रूपमा काम गर्नेछन् भने राजन भट्टराई सचिव रहनेछन्। गण्डकी र मधेस प्रदेश इन्चार्जदेखि उपत्यका विशेष कमिटी र विभिन्न सम्पर्क समन्वय समितिहरू समितिका सदस्य छन्।
आवास व्यवस्थापन समितिको संयोजकमा छबिलाल विश्वकर्मा र सचिवमा लालबाबु पण्डित तोकिएका छन्। खाद्य व्यवस्थापनका लागि लेखराज भट्ट संयोजक र भीष्म अधिकारी सचिव रहेका छन्।
यातायात व्यवस्थापन समितिको नेतृत्व गोकर्ण विष्टले गर्नेछन् भने रचना खड्का सचिवमा छन्। उद्योग व्यवसायी महासंघ, यातायात क्षेत्रका व्यवसायी तथा ट्रेड युनियन प्रतिनिधिहरूलाई सदस्य बनाइएको छ।
अतिथि सत्कार समितिको संयोजकमा रघुवीर महासेठ र सचिवमा महेश बर्तौला छन्। यस समितिमा यामलाल कंडेल, हिक्मत कार्की, चेतनारायण आचार्य, राष्ट्रियसभा सदस्यदेखि पूर्वसांसद र विभिन्न विभागीय पदाधिकारीहरू समावेश छन्।
स्वयम्सेवक परिचालन समितिको जिम्मा भानुभक्त ढकालले पाएका छन् भने सचिव विनोद पाण्डे छन्। यो समितिमा भूतपूर्व सैनिक तथा प्रहरी, युवा, विद्यार्थी र खेलकुद क्षेत्रका व्यक्तिहरू रहनेछन्।
प्रचार समितिको संयोजक पद्मा अर्याल र सचिव राजेन्द्र गौतम छन्। प्रेस चौतारीका पदाधिकारीहरू तथा विभिन्न सञ्चारकर्मी समितिमा सदस्य छन्।
मञ्च व्यवस्थापनको जिम्मा विनोद श्रेष्ठले पाएका छन् भने सचिव लोकबहादुर भण्डारी छन्।
स्वास्थ्य समितिको संयोजक कृष्ण गोपाल श्रेष्ठ र सचिव राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष छन्।
आर्थिक समितिको संयोजक विष्णु रिमाल र सचिव विना श्रेष्ठ छन्।
सांस्कृतिक समितिमा भने सचिवको भूमिकामा जनसांस्कृतिक महासंघका अध्यक्ष भूमिका सुब्बा तोकिएको छ । यो समितिको संयोजक भने तोकिएको छैन।
-कसलाई के जिम्मेवारी ? ( १३ उपसमितिको सूची)
महाधिवेशन सचिवालय
* संयोजक: शंकर पोखरेल
* सचिव: पृथ्वी सुब्बा गुरुङ
* सदस्य: योगेश भट्टराई
जनपरिचालन समिति
* संयोजक: प्रदीप ज्ञवाली
* सचिव: राजन भट्टराई
आवास व्यवस्थापन समिति
* संयोजक: छविलाल विश्वकर्मा
* सचिव: लालबाबु पण्डित
खाद्य व्यवस्थापन समिति
* संयोजक: लेखराज भट्ट
* सचिव: भीष्म अधिकारी
यातायात व्यवस्थापन समिति
* संयोजक: गोकर्ण विष्ट
* सचिव: रचना खड्का
अतिथि सत्कार समिति
* संयोजक: रघुवीर महासेठ
* सचिव: महेश बर्तौला
प्रतिनिधि व्यवस्थापन समिति
* संयोजक: काशीनाथ अधिकारी
* सचिव: माधव ढुंगेल
स्वयम्सेवक परिचालन समिति
* संयोजक: भानुभक्त ढकाल
* सचिव: विनोद पाण्डे
प्रचार समिति
* संयोजक: पद्मा अर्याल
* सचिव: राजेन्द्र गौतम
मञ्च व्यवस्थापन समिति
* संयोजक: विनोद श्रेष्ठ
* सचिव: लोकबहादुर भण्डारी
स्वास्थ्य समिति
* संयोजक: कृष्ण गोपाल श्रेष्ठ
* सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष
आर्थिक समिति
* संयोजक: विष्णु रिमाल
* सचिव: विना श्रेष्ठ
सांस्कृतिक समिति
* सचिव: भूमिका सुब्बा
* (संयोजक तोकिएको छैन)








Heard about this mexwin2 place. Seems like some online betting platform. Gotta check it out myself when I get some free time. Anyone got any experience with it?