धादिङमा एमाले महाधिवेशन प्रतिनिधि छनाैटका लागि १८ सिटमा ९३ उम्मेदवार
348 पटक पढिएको
धादिङ । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छान्ने प्रक्रिया देशभर जारी छ । यसैक्रममा बिहीबार धादिङका दुई क्षेत्रबाट प्रतिनिधि चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न गरिएको छ ।
धादिङ क्षेत्र नं. १ बाट ३ जना महिलाका लागि १० जना, १ जना युवाका लागि १३ जना र ६ जना खुला तर्फका लागि २४ जना गरी जम्मा ४७ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्ता पार्टीको गल्छी गाउँपालिका कार्यालयमा भएको एमाले जिल्ला उप–सचिव उर्मिला रेग्मीले जानकारी दिनुभयो।
त्यसैगरी, धादिङ क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता जिल्ला पार्टी कार्यालयमा गरिएको थियो। यहाँबाट ४ जना खुला तर्फका लागि २३ जना, २ जना महिलाका लागि ८ जना र १ जना युवाका लागि १२ जना गरी ४३ जनाले प्रतिस्पर्धामा नाम लेखाएका छन्।
जिल्लाभरबाट १ जना दलित प्रतिनिधिका लागि ३ जनाले उम्मेदवारी दिएका छन् ।
समग्रमा धादिङबाट १८ जना महाधिवेशन प्रतिनिधि छान्नु पर्नेमा बिहीबार ९३ जनाले प्रतिनिधि चयनका लागि उम्मेदवारी दिएका छन्। प्रतिनिधि चयनको अन्तिम टुंगो शनिबारसम्म लाग्ने छ। मतदान वा आपसी सहमतिको आधारमा छान्ने तयारी रहेको एमालेले जनाएको छ।
प्रतिनिधिको टुंगो लाग्न नसके मंसिर १३ गते शनिवार निर्वाचन प्रकृयाबाट प्रतिनिधिको छनौट गरिने छ । मतदान हुने अवस्था आएमा यस अघि उम्मेदवारी दर्ता गरिएकै स्थानमा मतदान सम्वन्धी कार्यक्रम हुने छ ।
मतदान नै हुने भएपछि कार्यकर्ता विभाजित हुने परिस्थिति निर्माण हुने सम्भावनालाई मध्यनजर गरी पार्टीका शुभचिन्तकहरुले सहमतिको प्रयास अगाडि बढाउन नेत्तृत्वलाई आग्रह गरेका छन् ।








Quick shout-out to yaawin! Seems like a good resource for mobile game news. Will be keeping an eye on it for updates! Stay tuned for game news on yaawin!