प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा १ सय ८ दल दर्ता
395 पटक पढिएको
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने दलको संख्या पुगेको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म १ सय ८ दलले निर्वाचनमा भाग लिनका लागि निवेदन दर्ता गराइसकेका छन्। मंसिर १ गतेदेखि १० गतेसम्म दर्ता खुला हुँदा १ सय ६ दलले आवेदन दिएका थिए। तर बुधबार साँझ आयोगले चार दिनको अतिरिक्त म्याद थप गर्ने निर्णय गरेपछि बिहीबार मात्रै दुई नयाँ दल–प्रेमकुमार थाम्सुहांग नेतृत्वको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्का नेतृत्वको नेपाल जनसेवा पार्टी–दर्ता भएका हुन्।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुराना र नयाँ गरी अब आयोगमा दर्ता कायम रहेका दलको संख्या १ सय ३९ पुगेको छ। तीमध्ये १ सय ८ दलले फागुन २१ को निर्वाचनमा प्रतिस्पर्धा गर्ने मनसाय व्यक्त गरिसकेका छन्। जेनजी आन्दोलनपछि दर्ता भएका २१ नयाँ दलमध्ये १८ दलले यसैपटक पहिलोपटक निर्वाचनमा उत्रने तयारी गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)देखि धरानका मेयर हर्क साम्पाङ नेत्तृत्वको श्रम संस्कृति पार्टी र अन्य सँग जोडिएका समूहहरू पनि प्रतिस्पर्धामा उत्रिने सूचीमा परेका छन्।
यसपटक केही दलहरूले एकल निर्वाचन चिन्हमार्फत प्रतिस्पर्धा गर्ने उद्देश्यले आयोगमा छुट्टै निवेदन पनि दर्ता गराएका छन्। उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले एकल चिन्हका लागि सहमति खोजेका छन् भने संघीय समाजवादी, बहुजन एकता, जनजागृति, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले पनि एकल चिन्हमा प्रतिस्पर्धा गर्ने इच्छा व्यक्त गरेका छन्।
यसैबीच दर्ताका लागि निवेदन दिएका १६ नयाँ दल अझै प्रक्रियामै रहेका छन्। आयोगले तोकेको नियमअनुसार ७७ वटै जिल्लाबाट पाँच सय मतदाताको सनाखत संकलन गर्न कठिनाइ परेकै कारण धेरै दलको दर्ता प्रक्रिया अघि बढ्न सकेको छैन। दर्ता समय थपिएकोले अब बाँकी चार दिनभित्र आवश्यक कागजात पूरा गर्नेहरूले पनि निर्वाचन प्रयोजनका लागि दर्ता गराउन सक्ने आयोगले जनाएको छ।








Logging into hoki108login was a breeze. Quick and easy, no issues. That’s how it should be! Worth checking: hoki108login