नेपाली कम्युनिष्ट पार्टी धादिङले रायटारमा खोल्यो जिल्ला कार्यालय
329 पटक पढिएको
धादिङ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी धादिङको प्रथम कार्यालय विस्तारित बैठक शनिवार धादिङबेसीमा सम्पन्न भएको छ ।
पार्टीभित्रको संगठनात्मक संरचना, एकता प्रक्रिया र आगामी गतिविधिमाथि विस्तृत समीक्षा गर्दै बैठकले संगठन सुदृढीकरणका लागि महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ । बैठकमा सहभागी नेताहरूले जिल्लाभरका संरचनालाई थप सक्रिय, अनुशासित र जनउत्तरदायी बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको धारणा राखेका थिए।
बैठकले नीलकण्ठ नगरपालिका वडा नम्बर ४ रायटारमा रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पार्टी कार्यालयबाट औपचारिक रूपमा कार्य सञ्चालन गर्ने निर्णय गर्दै त्यहाँ नेपाली कम्युनिष्ट पार्टीको जिल्ला कार्यालयको वोर्ड राखेको छ ।
नयाँ नयाँ कार्यालयबाट सञ्चालन हुने नियमित गतिविधिले संगठनलाई थप व्यवस्थित बनाउने नेकपाका नेताहरुले वताएका छन् । धादिङको विभिन्न तहमा संगठनको अवस्था, कार्यकर्ताको भूमिका र जनस्तरसँगको सम्पर्क सुधारबारे व्यापक छलफल भएको बैठकले आगामी समयका लागि क्रमबद्ध कार्ययोजना पारित गरेको छ।
प्रथम कार्यालय विस्तारित बैठकको निर्णयअनुसार मंसिर १६ देखि १८ गतेसम्म धादिङका सबै स्थानीय तहहरूमा एकता कार्यदल बैठक सम्पन्न गरिनेछ। यस बैठकमार्फत संगठनको वास्तविक अवस्था, आवश्यक सुधारका पक्ष र एकतालाई प्रभावकारी बनाउनुपर्ने उपायहरूको पहिचान गरिनेछ। त्यसपछि मंसिर २० गते धादिङ बेसिमा एकताको विषयमा केन्द्रित जिल्ला समिति विस्तारित बैठक आयोजना गरिने छ, जसले जिल्लाभित्रको एकतालाई संस्थागत रूपमा अघि बढाउने साझा दिशानिर्देश तय गर्ने नेकपाका जिल्ला नेता मनराज भण्डारीले वताउनु भयो ।
जिल्ला नेता भण्डारीका अनुसार मंसिर २३ गते हेटौंडामा आयोजना हुने बागमती प्रदेशस्तरीय एकता सन्देश सभामा धादिङबाट उत्साहपूर्ण र संगठित उपस्थिति जनाइने छ। प्रदेशस्तरमा प्रस्तुत गरिने एकता सन्देश र राजनीतिक दिशानिर्देशलाई जिल्लामा लागू गर्न बैठकले तयारी थालेको छ। अन्तिम चरणमा मंसिर २९ गते धादिङका सबै पालिकामा पालिका स्तरीय एकता सन्देश कार्यक्रम भव्य रूपमा सम्पन्न गरिनेछ, जसद्वारा जनस्तरमा एउटै आवाज र साझा अभियानको राम्रो प्रभाव पर्न अपेक्षा गरिएको छ।
बैठकमा उपस्थित नेताहरूले पार्टी एकता केवल संरचनागत रूपमा सीमित नभई विचार, कार्यशैली र जनसम्पर्कमा पनि प्रतिबिम्बित हुनुपर्नेमा जोड दिएका थिए । बैठकमा नेकपाका केन्द्रिय सदस्यहरु पुष्पबिक्रम मल्ल, रामबहादुर भण्डारी शालिकराम जमकट्टेल, गुरुप्रसाद वुर्लाकोटीका साथै नेकपा एस र माओवादी केन्द्रका तत्कालिन जिल्ला नेत्तृत्वको सहभागिता रहेको थियो । धादिङमा पार्टी गतिविधि सक्रिय, व्यवस्थित र परिणाममुखी बनाउँदै सुदृढ एकता अभियानमार्फत नयाँ ऊर्जा सिर्जना गर्न बैठकले पुनःप्रतिबद्धता जनाएको छ।









Looking for a mobile gaming option? I tried the juegaenlineaapp and it’s pretty good. Clean interface, and it seems optimized for mobile. You can download it here: juegaenlineaapp