हुवासिनको लगानीले उज्यालो बनायो धादिङ : खरमटार १३२ केभी सबस्टेसनले विद्युत् आपूर्तिमा क्रान्ति
640 पटक पढिएको
धादिङ। एउटा उद्योग स्थापना हुँदा रोजगारी, कर र स्थानीय विकासका धेरै ढोका खुल्छन् भन्ने भनाइलाई धादिङको सिद्धलेक खरमटारमा निर्माण भएको १३२ केभी क्षमताको सबस्टेसनले व्यवहारमा उतारेको छ। हुवासिन नारायणी सिमेन्ट उद्योगले आफ्नै लगानीमा निर्माण गरेको यो सबस्टेसनले उद्योग मात्र होइन, पूरै धादिङ जिल्लाको विद्युत् प्रणालीलाई भरपर्दो बनाएको छ।
सरकारी प्रक्रिया लामो हुने भएकाले उद्योगले पछि सोधभर्ना लिने गरी सिद्धलेक गाउँपालिका–६ खरमटारमा सबस्टेसन निर्माण गरेको थियो। यसअघि धादिङ जिल्लामा विद्युत् आपूर्ति कमजोर थियो। कतै बिजुली नपुग्ने, पुगेका स्थानमा पनि सामान्य हुरीबतासमै बत्ती जाने, उच्च भोल्टेजका कारण विद्युतीय उपकरण बिग्रने समस्या दीर्घकालदेखि रहँदै आएको थियो। स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरण र राजनीतिक नेतृत्वसमक्ष पटक–पटक गुनासो राख्दै आएका थिए।
चिनियाँ लगानीमा स्थापना भएको हुवासिन सिमेन्ट उद्योगले सडक र विद्युत् उपलब्ध गराउने शर्तमा लगानी गरेको थियो। उद्योगकै पहलमा बनेको मलेखु सबस्टेसनले जिल्लामा विद्युत् प्रवाहलाई सहज बनाएको हुवासिन नारायणी सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले बताए।
खरमटार सबस्टेसनका इञ्चार्ज विश्वजीत यादवका अनुसार यसअघि नुवाकोटको देवीघाट प्रशारण केन्द्र बाट ल्याईएको विद्युत्तलाइन मार्फत धादिङ जिल्लाको सदरमुकाम धादिङवेसी देखि सल्यानटार सम्म बिजुली आपूर्ति हुन्थ्यो र कुनै वैकल्पिक लाइन थिएन। अहिले सबस्टेसन सञ्चालनमा आएपछि आवश्यकताअनुसार सहज रूपमा विद्युत् प्रवाह हुन थालेको छ। यसले धादिङबेँसीसहित जिल्लाका विभिन्न स्थानमा बिजुलीको गुणस्तर र भोल्टेज समस्या उल्लेख्य रूपमा सुधार गरेको उनले जानकारी दिए।
यो सबस्टेसनबाट धादिङ मात्र होइन, नेपाल विद्युत् प्राधिकरणले पनि ठूलो लाभ पाएको छ। प्राधिकरणले यही सबस्टेसनलाई आधार बनाएर जिल्लाभरको विद्युत् वितरण प्रणाली सुदृढीकरण गरिरहेको छ। केही महिनाभित्र जिल्लाभर भरपर्दो विद्युत् वितरण गर्ने तयारी भइरहेको धादिङ वितरण केन्द्रले जनाएको छ। हाल केन्द्र मातहत ६६ हजार १८० ग्राहक छन्। करिब एक अर्ब ५० करोड रुपैयाँ लगानीमा स्थापना गरिएको यो सबस्टेसनले जिल्लामा औद्योगिकीकरणको बाटोसमेत खोलेको छ।
पहिले नुवाकोटको देवीघाटबाट आउने लामो र कम क्षमताको प्रसारण लाइनका कारण धादिङबेँसीमा बिजुलीको गुणस्तर कमजोर थियो। सामान्य मौसम खराब हुँदा पनि लामो समयसम्म अँध्यारो बस्नुपर्ने अवस्था थियो। साना जलविद्युत् आयोजनालाई प्रणालीमा जोड्न समेत कठिनाइ थियो।
उद्योगले सबस्टेसनदेखि ताल्दीस्थित उद्योगसम्म १४ किलोमिटर लामो प्रसारण लाइन र १३२ केभी/१० केभी सबस्टेसनसमेत निर्माण गरेको छ। उद्योग पूर्ण क्षमतामा चलेका बेला २० मेगावाट विद्युत् खपत हुन्छ। बसेरी र सल्यानटार सबस्टेसनमा समस्या आएमा वैकल्पिक आपूर्तिका लागि पनि मलेखु सबस्टेसन उपयोगी छ।
विकास हाइड्रोपावर (४.५ मेगावाट), रिचेत (४.९८ मेगावाट), माथिल्लो रिचेत (२ मेगावाट) र आँखुखोला जलविद्युत् आयोजना (८ मेगावाट) को विद्युत् प्रवाहसमेत यसै प्रणालीबाट सहज बनेको छ।
बेनीघाट रोराङ गाउँपालिकाको ताल्तीमा रहेको उद्योगले स्थानीय विकासमा पनि योगदान दिएको छ। गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाका अनुसार उद्योगका कारण स्थानीय कृषि उपजको बिक्री बढेको, रोजगारी सिर्जना भएको र होटल व्यवसाय फस्टाएको छ।
दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको यो उद्योग २०७५ असार ६ गते लगानी बोर्ड नेपाल र हुवासिन सिमेन्टबीच सम्झौतापछि स्थापना भएको हो। उद्योगमा ३५० जनाले प्रत्यक्ष र करिब एक हजारले अप्रत्यक्ष रोजगारी पाएका छन्। हाल नेपालमा सिमेन्टको माग करिब ४० लाख मेट्रिक टन रहेको छ भने जडित क्षमता ५५ लाख मेट्रिक टन पुगेको छ, यद्यपि पछिल्लो समय बजारमा केही सुस्तता देखिएको छ।








Yo, just downloaded the swerte99apk. So far, so good. Seems stable and easy to use on my phone. Perfect for when I’m on the go! Grab it here: swerte99apk
Hey guys, tried out 122betbet recently and gotta say, the selection of games is pretty decent! Had a good run on the slots. Give it a shot, you might get lucky! Check it out here: 122betbet