राजधानी नजिकैको हिमाली स्वर्ग रुवीभ्याली-पद्मराग, हिमाल र संस्कृतिको संगम
513 पटक पढिएको
- केशव अधिकारी
धादिङ -धादिङ जिल्लाको उत्तरमा अवस्थित रुवीभ्याली गाउँपालिका प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनको अपार सम्भावना बोकेको भूगोल हो। बागमती प्रदेशकै कमजोर मानव विकास सूचाङ्कमा रहेको यस गाउँपालिकाले पछिल्ला वर्षहरूमा पर्यटनलाई समृद्धिको आधार बनाउने लक्ष्यसहित आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने प्रयास तीव्र पारेको छ।
गणेश हिमाल र पाविल हिमालको काखमा फैलिएको रुवीभ्याली हरियो उपत्यका, लेकाली खर्क, झरना, खोलानाला, उच्च पहाडी भू–बनोट र शुद्ध वातावरणका कारण ‘लुकेको स्वर्ग’का रूपमा चिनिन थालेको छ। विश्वमै दुर्लभ र उच्च गुणस्तरको रुबी (पद्मराग) पाइने भएकाले यस क्षेत्रलाई ‘पद्मराग उपत्यका’ रुवीभ्याली पनि भनिन्छ।
राजधानी काठमाडौंबाट नजिकै रहेको रुवीभ्याली ३–४ दिनमै पूरा गर्न सकिने छोटो, सुलभ र किफायती हिमाली ट्रेकका कारण पर्यटकको रोजाइमा पर्दै गएको छ। समुद्री सतहदेखि करिब ३,८४० मिटर उचाइमा रहेको पाङ्गसाङ पास यस क्षेत्रको प्रमुख ट्रेकिङ गन्तव्य हो। यहाँबाट गणेश हिमाल, पाविल हिमाल, लाङटाङ शृंखला तथा वरपरका पहाडी भूभागको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। मौसम सफा हुँदा पाङ्गसाङ पासबाट काठमाडौ उपत्यकासमेत देखिने गर्छ।
लामो पदयात्रा गर्न नसक्ने वा नचाहने पर्यटकका लागि फोरह्विल गाडीमार्फत पनि यात्रा गर्न सकिने सुविधा उपलब्ध छ।
रुवीभ्यालीमा तामाङ, घले र गुरुङ समुदायको बाहुल्य रहेको छ। परम्परागत भेषभूषा, भाषा, गीत–संगीत, पर्व–संस्कार, तामाङसेलो, डम्फू नाच, म्हेन्दो माया नाच र परम्परागत धार्मिक संस्कृतिले पर्यटकलाई स्थानीय जीवन नजिकबाट बुझ्ने अवसर दिन्छ। टोल–टोलमा रहेका गुम्बा, माने, चर्च र ऐतिहासिक मठमन्दिरहरूले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव झल्काउँछन्।
भेडा र चौंरीपालन, लेकाली गोठ, जैविक कृषि प्रणाली र गाउँले जीवनशैली रुवीभ्यालीको अर्को आकर्षण हो। पदमार्ग आसपास रहेका गोठहरूमा सयौं याक र चौंरी देख्न सकिन्छ। चौंरीको दूधबाट बनेका शुद्ध परिकार पर्यटकका लागि विशेष आकर्षण बनेका छन्।
रुवीभ्याली क्षेत्रमा कालो दह, सेतो दह, नाक पोखरी, दोङदेन पोखरी, गणेश कुण्ड, तातोपानी कुण्ड, माङने डाँडा, मेल्बु दरबारजस्ता प्राकृतिक तथा सांस्कृतिक सम्पदा रहेका छन्। तिप्लिङ र सेर्तुङका तातोपानी कुण्ड नेपालकै ठूला प्राकृतिक कुण्डमध्ये पर्छन्, जहाँ केही मिनेटमै अण्डा पाक्ने गर्छ।
१४ प्रजातिका लालीगुराँस, सुनपाते, दुर्लभ वन्यजन्तु र जैविक विविधताले रुवीभ्यालीलाई प्रकृतिप्रेमीका लागि स्वर्ग बनाएको छ।
रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले यस क्षेत्रको वास्तविक सौन्दर्य र सम्भावनालाई उजागर गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
“रुवीभ्याली प्रकृतिको अनुपम उपहार हो। यहाँ हिमाल, संस्कृति, कृषि र साहसिक पर्यटन एकै ठाउँमा भेटिन्छ,” अध्यक्ष तामाङले भन्नुभयो,
“तर पर्याप्त प्रचार–प्रसार नहुँदा धेरै मानिस यहाँको सम्भावनाबारे जानकार छैनन्। सञ्चारमाध्यम र पत्रकारहरू यहाँ आएर स्थलगत अध्ययन र प्रचार गरिदिनु भयो भने रुवीभ्याली पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित हुन सक्छ।”
उनका अनुसार पर्यटन प्रवर्द्धनले स्थानीय उत्पादन, रोजगारी र जीवनस्तर सुधारमा समेत ठोस टेवा पुग्ने अपेक्षा गरिएको छ।
रुवीभ्याली भ्रमणका लागि चैत–वैशाख सबैभन्दा उपयुक्त समय मानिन्छ। यस बेला मौसम अनुकूल हुने, लालीगुराँस फुल्ने र पदयात्रा सहज हुने गर्छ। माघ अन्त्यतिर हिउँमा यात्रा गर्न रुचाउने पर्यटकका लागि पनि रुवीभ्याली आकर्षक गन्तव्य हो।
पूर्वाधार र प्रचारको अभाव चुनौती भए पनि प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको अपार सम्भावना बोकेको रुवीभ्याली सही योजना, लगानी र प्रभावकारी प्रचार–प्रसारसँगै धादिङ मात्र होइन, नेपालकै नयाँ पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्छ।












I’ve been messing around with jilicrown24 and it’s not bad at all. A pretty solid platform to checkout, it’s worth a look-see. Check it out here: jilicrown24
F8betceo, been hearing some buzz. Checking it out now. Seems legit and the games look pretty slick. Hope my luck is in tonight! Gotta say, the site loads fast too. f8betceo
https://shorturl.fm/nOuZk
https://shorturl.fm/RQiX2
https://shorturl.fm/Bz0n3