पूर्णिमा श्रेष्ठले १३ दिनमा सगरमाथा तीन पटक आरोहण गर्दै गिनिज वर्ल्ड रेकर्ड कायम गरिन्

313 पटक पढिएको

२५ फाल्गुन २०८२, सोमबार ०७:४४ सम्पादक: धादिङ न्यूज

काठमाडौं, २५ फागुन – गोरखाकी सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ ले १३ दिनभित्र सगरमाथा तीन पटक सफल आरोहण गरी विश्वकी पहिलो महिला बनेकी छन्। यस उपलब्धिको प्रमाण उनी गिनिज वर्ल्ड रेकर्ड मा दर्ता गराएकी छन्।

सन् २०२४ को मे महिनामा उनले मे १२, मे १९ र मे २५ मा शिखरमा पुगेर इतिहास रचिन्। पुरुषहरूले यसअघि यस्तो कीर्तिमान बनाइसकेका भए पनि महिलातर्फ पहिलो पटक यो उपलब्धि हासिल भएको हो।

पूर्णिमाले यो सफलता आफ्नो मात्र नभई सम्पूर्ण नेपालको गौरव भएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत सबै महिलालाई साहस, दृढ संकल्प र निरन्तर मेहनत गरेर आफ्नो लक्ष्य हासिल गर्न प्रेरणा दिनुभयो।