प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ आज, सिंहदरबारमा तयारी पूरा
303 पटक पढिएको
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट चुनिएका प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आज दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। संघीय संसद् सचिवालयका अनुसार कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारीहरू पुरा भइसकेका छन्।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई शपथ गराएका थिए। यसपटकको शपथ ग्रहण समारोहमा भाषिक विविधतासमेत झल्किने देखिएको छ। सचिवालयका अनुसार कूल ४७ जना सांसदले नेपालीबाहेकका अन्य मातृभाषामा शपथ लिने तयारी गरेका छन्, जसमा मैथिली भाषामा शपथ लिनेको सङ्ख्या सबैभन्दा बढी अर्थात् १७ जना रहेको छ।
नेपालको संविधान र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ का कानुनी प्रावधानहरू बमोजिम यो शपथ ग्रहण हुन लागेको हो। सचिवालयले नवनिर्वाचित सदस्यहरूलाई निर्वाचन आयोगको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र फोटोसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सूचित गरेको छ। साथै, सांसदहरूलाई औपचारिक वा आफ्नै मौलिक सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन पनि आग्रह गरिएको छ।
पछिल्लो निर्वाचनको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटसहित ठूलो दलको रूपमा स्थान बनाएको छ भने नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५ र नेपाली कम्युनिस्ट पार्टीले १७ सिट प्राप्त गरेका छन्। त्यस्तै श्रम संस्कृति पार्टीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट हासिल गरी संसदमा आफ्नो उपस्थिति जनाएका छन्।








Solid article! Understanding stack sizes & position is key to tournament success. Seeing platforms like fc777 ph apk expand options for players is interesting, but bankroll management remains crucial – always! 🤔