पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
250 पटक पढिएको
काठमाडौँ :नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णयका आधारमा “अत्यन्त जरुरी पुर्जी” जारी गर्दै उनलाई पक्राउ गरिएको हो। पक्राउपछि गुण्डु क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने एमाले कार्यकर्ताहरूको आंशिक उपस्थिति पनि देखिएको छ।
भदौ २३ र २४ गते भएको प्रदर्शनसँग सम्बन्धित घटनालाई लिएर यो कारबाही अघि बढाइएको हो। उक्त समयमा केपी शर्मा ओली प्रधानमन्त्री थिए। उनले उक्त घटनामा गोली चलाउने आदेश आफूले नदिएको दाबी गर्दै आएका थिए। भदौ २४ गते उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
उक्त घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।
यसै सिफारिस कार्यान्वयन गर्ने निर्णय बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको थियो। त्यसपछि गृहमन्त्री सुदन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग आवश्यक छलफल गरेका थिए।
यसैबीच, सोही प्रकरणमा पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि शनिबार बिहान भक्तपुरको कटुन्जेबाट पक्राउ गरिएको छ। उनलाई पनि मन्त्रिपरिषद्को निर्णयअनुसार अत्यन्त जरुरी पुर्जी जारी गर्दै नियन्त्रणमा लिइएको हो।
भदौ २३ गते भएको आन्दोलनका क्रममा गृहमन्त्री रहेका लेखकले सोही दिन राति राजीनामा दिएका थिए। आयोगले उक्त आन्दोलनका घटनाहरूको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाउँदै कानुनी कारबाहीको सिफारिस गरेको थियो।
प्रहरीले दुवै नेतामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ।








Scratch cards always feel like a little burst of optimism, don’t they? It’s fun to dream big! I was checking out fc777 ph com and their games look surprisingly sophisticated – lots of options beyond just simple scratches! Definitely worth a peek if you’re looking for some online fun. ✨
Monetize your traffic instantly—enroll in our affiliate network!