नापी र मालपोतमा बिचौलियाको प्रवेश निषेध: अनधिकृत व्यक्ति छिरे कार्यालय प्रमुखलाई नै कारबाही हुने
263 पटक पढिएको
काठमाण्डौं । देशभरका नापी तथा मालपोत कार्यालयहरूमा अबदेखि अनधिकृत व्यक्तिहरूको प्रवेशमा पूर्ण रोक लगाइने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवाग्राहीको भेषमा छिर्ने बिचौलियाहरूलाई नियन्त्रण गर्न परिचय खुल्ने आधिकारिक कागजात विना कार्यालयभित्र प्रवेश नगराउन कडा निर्देशन जारी गरेको छ। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको विशेष निर्देशन र मन्त्रालयको सचिवस्तरीय निर्णयपछि नापी विभागले बुधबार देशभरका सबै विशेष नापी कार्यालय र नापी कार्यालयहरूलाई परिपत्र गर्दै यो नयाँ व्यवस्था तत्काल कार्यान्वयन गर्न आदेश दिएको हो।
मन्त्रालयले जग्गा प्रशासन जस्तो संवेदनशील क्षेत्रमा पछिल्लो समय बिचौलियाहरूको अस्वाभाविक चलखेल बढेको र सरकारी स्रेस्ता एवं अत्यन्तै गोप्य कागजातहरूमा उनीहरूको अनियन्त्रित पहुँच पुगेको जनगुनासो आएपछि यो कदम चालेको जनाएको छ। विभागद्वारा प्रेषित पत्रमा अबदेखि कुनै पनि अनधिकृत व्यक्ति कार्यालयको कार्यकक्षमा प्रवेश गरेको पाइएमा वा सरकारी कागजातमा उनीहरूको पहुँच देखिएमा त्यसको सिधा जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखले लिनुपर्ने उल्लेख गरिएको छ। यस्तो अवस्था देखिएमा कार्यालय प्रमुखलाई नै मुख्य जिम्मेवार ठहर्याएर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी मन्त्रालयले दिएको छ।
यस व्यवस्थालाई प्रभावकारी बनाउन मन्त्रालय र विभागले जुनसुकै समयमा पनि छड्के अनुगमन गर्न सक्ने संयन्त्र तयार पारेका छन्। नयाँ नियम अनुसार अब कार्यालयमा कार्यरत सबै कर्मचारीहरूले अनिवार्य रूपमा आफ्नो परिचयपत्र देखिने गरी लगाउनुपर्नेछ। वास्तविक सेवाग्राहीहरूले भने आफूले लिनुपर्ने सेवाको निवेदन वा आफ्नो परिचय खुल्ने आधिकारिक कागजात देखाएर मात्र कार्यालयभित्र प्रवेश गर्न पाउनेछन्। यसले गर्दा वास्तविक सेवाग्राहीले सहज र छिटो सेवा पाउने अपेक्षा गरिएको छ। विभागले यो निर्देशनलाई कडाइका साथ पालना गर्न र आम नागरिकको जानकारीका लागि सबै कार्यालयका सूचना पाटीहरूमा अविलम्ब सूचना टाँस गर्न समेत निर्देशन दिएको छ।








8usbet, let’s see if you can bring the luck! Hoping for some wins tonight, and maybe a big score. Time to put you to the test! Give it a whirl at: 8usbet
Monetize your traffic instantly—enroll in our affiliate network!