डिशहोममार्फत मोबाइल र टेलिभिजनमा फिफा विश्वकपको प्रत्यक्ष प्रसारण, डिजिटल र टिभी पासको व्यवस्था

240 पटक पढिएको

३ असार २०८३, बुधबार ०६:२९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । फिफा विश्वकप २०२६ को रोमाञ्चक प्रतिस्पर्धा जारी रहँदा डिशहोमले नेपाली फुटबल समर्थकहरूका लागि मोबाइल र टेलिभिजन दुवै माध्यमबाट खेलहरू प्रत्यक्ष हेर्ने विशेष सुविधा ल्याएको छ। समर्थकहरूको फरक रुचि र आवश्यकतालाई ध्यानमा राख्दै डिशहोमले आफ्नो डिजिटल प्लेटफर्म ‘डिगो एप’  का साथै डीटीएच र आईपी टिभी सेवामार्फत विभिन्न आकर्षक विश्वकप पासहरू उपलब्ध गराएको हो।

मोबाइल वा ट्याब्लेटमा मात्र खेल हेर्न चाहनेहरूका लागि डिशहोमले ५४९ रुपैयाँको ‘मोबाइल पास’ ल्याएको छ, जसमा एउटै खाताबाट दुईवटा उपकरणमा लगइन गर्न सकिए पनि एक पटकमा एउटामा मात्र खेल हेर्न मिल्नेछ। अझ बढी सुविधा र बहु-उपकरण पहुँचका लागि ९९९ रुपैयाँको ‘डिगो सिजन पास’ उपलब्ध छ, जसको मद्दतले मोबाइल, ट्याब्लेट, ल्यापटप वा एन्ड्रोइड टिभीमध्ये कुनै पनि दुईवटा उपकरणमा एकैसाथ प्रत्यक्ष प्रसारणको मज्जा लिन सकिन्छ। यो डिजिटल स्ट्रिमिङ सेवा नेपालभित्र मात्र इन्टरनेटको माध्यमबाट उपलब्ध हुनेछ।

त्यस्तै, परिवार र साथीभाइसँग बसेर घरको ठूलो स्क्रिनमा फुल एचडी (Full HD) गुणस्तरमा खेल हेर्न चाहने ग्राहकका लागि डिशहोमले ९९९ रुपैयाँमै ‘टेलिभिजन सिजन पास’ को व्यवस्था गरेको छ। यो पास डिशहोम डीटीएच एचडी सेट-टप बक्स तथा आईपी टिभी सेट-टप बक्स प्रयोगकर्ताका लागि मात्र लागू हुनेछ र यसका लागि नियमित ग्राहक सदस्यता सक्रिय हुनु अनिवार्य छ। डिशहोमले डिगो सिजन पास र टेलिभिजन सिजन पास दुई फरक सेवा भएको स्पष्ट पार्दै घरमा सेट-टप बक्स र बाहिर मोबाइल दुवैमा खेल हेर्न चाहने ग्राहकले दुवै पास छुट्टाछुट्टै खरिद गर्नुपर्ने जनाएको छ।

विश्वकपका खेलहरू सहजै हेर्नका लागि ग्राहकहरूले डिशहोमका आधिकारिक डिलरहरूका साथै ईसेवा, खल्ती, कनेक्ट आईपीएस र विभिन्न मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी गरी आफूलाई पायक पर्ने पास तुरुन्तै सक्रिय गराउन सक्नेछन्।


Just tried out n88vn and gotta say, pretty solid! The interface is smooth and easy to navigate. I’m definitely sticking around for a while. Check it out yourself n88vn

Yo, just tried fb7775 and gotta say, pretty smooth experience! Definitely worth checking out if you’re looking for something new. Check it out here fb7775