महिलाहरूलाई आत्मनिर्भर बनाउँदै सिद्धलेक गाउँपालिका, वडा नं. ७ मा मस्यौरा र अचार बनाउने तालिम सम्पन्न
164 पटक पढिएको
धादिङ, १९ असार : महिलाहरूको सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक सशक्तीकरणलाई टेवा पुर्याउने उद्देश्यले धादिङको सिद्धलेक गाउँपालिकामा सञ्चालित मस्यौरा तथा अचार बनाउने तालिम विहीबार सम्पन्न भएको छ। सिद्धलेक गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना तथा वडा नं. ७ कार्यालयको सहजीकरणमा सिद्धलेक–७, पिपलटारमा उक्त तालिम सञ्चालन गरिएको हो। गत असार १२ गतेदेखि सुरु भएको तालिममा वडा नं. ७ का १७ जना स्थानीय महिलाहरूको सहभागिता रहेको थियो।
तालिम समापन कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सविता अर्याल र वडा नं. ७ का वडा अध्यक्ष सानु गिरी लगायतका जनप्रतिनिधिहरूको विशेष आतिथ्य रहेको थियो। कार्यक्रमका अतिथिहरूले तालिम लिने महिलाहरूलाई बधाई दिँदै सिकेको सीपलाई व्यवहारमा उतारेर उद्यमी बन्न आग्रह गर्नुभयो। गाउँपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन आगामी दिनमा पनि यस्ता रोजगारमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने र उत्पादित सामग्रीको बजार व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता समेत सो अवसरमा व्यक्त गरियो।
लामो समयदेखि घरायसी काममा मात्र सीमित रहेका स्थानीय महिलाहरू तालिममार्फत व्यावसायिक सीप सिकेपछि निकै खुसी र उत्साहित भएका छन्। घरमै उपलब्ध हुने स्थानीय स्रोत र साधनको प्रयोग गरेर विभिन्न स्वादका अचार र मस्यौरा बनाउन सिकेपछि उनीहरूमा अब आफैं व्यवसाय सुरु गरेर आम्दानी गर्न सकिन्छ भन्ने आत्मविश्वास जागेको छ। सहभागी महिलाहरूले पहिले घरायसी काममा मात्र समय बित्ने गरेकोमा अहिले मस्यौरा र अचार बनाउने सही तरिका सिकेपछि आफैं आयआर्जनमा जोडिन पाउँदा खुसी लागेको बताएका छन्। यो सीपले आफूहरूलाई कसैको भर पर्नु नपर्ने र आत्मनिर्भर बन्न ठूलो सघाउ पुर्याउने उनीहरूको भनाइ छ।
स्थानीय स्रोत र सीपको सदुपयोग गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ सञ्चालन गरिएको यस कार्यक्रमले महिला सशक्तीकरण तथा स्थानीय आर्थिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ। तालिमपछि सहभागीहरूले मस्यौरा तथा अचार उत्पादनसम्बन्धी व्यावहारिक सीप पूर्ण रूपमा हासिल गरेकाले उनीहरूलाई स्वरोजगार तथा आयआर्जनका नयाँ अवसरहरू सिर्जना गर्न प्रत्यक्ष सहयोग पुग्ने देखिन्छ। महिलाहरू आर्थिक रूपमा सबल र सक्षम हुँदा परिवार र समग्र समाजकै आर्थिक स्तर उकासिने भएकाले गाउँपालिकाको यस प्रयासलाई स्थानीय स्तरमा निकै सराहनीय कार्यका रूपमा हेरिएको छ।








Keep this gachoi c1 com bookmarked! It’s not the best out there, but you’ll find what you need on here. Check this out! gachoi c1 com
Yo, heard you wanna *tải b29*? This spot’s got the goods. Smooth download, no hiccups. Give it a shot! Check it out here: tải b29
‘b29bet’ has got all the games I like in one place. It’s my go-to spot. Simple as that!b29bet
The customer support here is top notch. They helped me resolve a deposit issue in minutes. Really happy with the service at idpusatwin.
Great selection of betting markets and the mobile version works like a charm. I appreciate how straightforward everything is on 22bet20bet.