विदेशमा शव अड्किएको विषयमा मन्त्रीको जवाफमा असन्तुष्टि: सांसदआशिका तामाङद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
170 पटक पढिएको
काठमाडौँ – वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका धादिङ धुनिबेसीका सन्तोष राईको शव स्वदेश ल्याउन सरकारले पर्याप्त पहल नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र सभामुखबीच प्रतिनिधिसभा बैठकमा भनाभन भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तामाङले उठेर विरोध जनाएपछि बैठक छाडेर हिँडेकी छन्।
धादिङका युवा सन्तोष राईको कम्बोडियामा ३७ दिनअघि असामयिक निधन भएको थियो। तर, आवश्यक कूटनीतिक समन्वय र प्रक्रियागत जटिलताका कारण लामो समय बितिसक्दा पनि उनको शव नेपाल ल्याउन सकिएको छैन। मृतकका परिवारजनले शव ल्याइदिन अनुरोध गरेपछि सांसद तामाङले लगातार संसद र मन्त्रालयमा यसबारे सरकारको ध्यान आकर्षण गराउँदै आएकी थिइन्।
हिजोको संसद बैठकमा सांसद तामाङले राखेको सोही विषयलाई गम्भीरतापूर्वक लिँदै सभामुखले परराष्ट्र मन्त्रालयलाई वस्तुस्थिति स्पष्ट पार्न र नियमानुसार प्रक्रिया अघि बढाउन ‘रुलिङ’ गरेका थिए। सभामुखको सोही रुलिङका आधारमा आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका थिए।
परराष्ट्रमन्त्री खनालले संसदमा कम्बोडियास्थित नेपाली कूटनीतिक नियोग र सम्बन्धित निकायमार्फत शव ल्याउने प्रयास भइरहेको र कानुनी प्रक्रियाका कारण केही समय लागेको भन्दै स्पष्टीकरण दिएका थिए। तर, मन्त्रीको जवाफलाई गैरजिम्मेवार र ढिलासुस्तीको ढाकछोप मात्र भएको भन्दै सांसद तामाङले लगत्तै उठेर पूरक प्रश्न सोध्न पाउनुपर्ने अडान राखिन्।
मन्त्रीले बोल्दाबोल्दै सांसद तामाङले उभिएर प्रतिवाद गर्न खोजेपछि सभामुखले उनलाई बस्न आग्रह गरेका थिए। सभामुखले “मैले बोल्न समय दिएको छैन, कृपया आफ्नो आसनमा बस्नुस्” भन्दै बैठकको नियमावली पालना गर्न निर्देशन दिएका थिए।
तर, ३७ दिनसम्म शव विदेशमा अड्किँदा पनि सरकारले ठोस समयसीमा र योजना नदिएको भन्दै आक्रोशित बनेकी सांसद तामाङले आफूले थप प्रश्न गर्न पाउनुपर्ने अडान छाडिनन्। सभामुख र सांसद तामाङबीच केही बेर भनाभन चलिरह्यो। सभामुखले “सभाको मर्यादा र अनुशासनमा रहन” तामाङलाई निर्देशन दिए।
सभामुखले बोल्न समय नदिएपछि र मन्त्रीको जवाफबाट पूर्ण रूपमा असन्तुष्ट भएकी रास्वपा सांसद आशिका तामाङले आफ्नो आसनबाट झोला टिपेर आक्रोशित मुद्रामा संसद भवनबाट बाहिरिइन्।
संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नागरिकको शव विदेशमा महिना दिनभन्दा बढी अड्किँदा पनि सरकार लाचार बनेको र संसदमा कुरा उठाउँदा समेत समय नदिइएको भन्दै दुःख व्यक्त गरेकी छन्।
धादिङका मृतक सन्तोष राईको परिवार यतिबेला शोकमा डुबेको छ भने शव स्वदेश ल्याउन भइरहेको ढिलाइले कूटनीतिक पहलमै प्रश्नचिह्न खडा गरेको छ। आज संसदमा भएको यो नोकझोकपछि भने सरकार र परराष्ट्र मन्त्रालयमाथि शव छिटो भन्दा छिटो नेपाल ल्याउन चौतर्फी दबाब बढेको छ।








Super easy to access and navigate. I have tried many sites but this one feels the most reliable. I suggest jili368login for a smooth ride.
I love the daily rewards system here. It keeps the gameplay exciting even on days I don’t bet big. phwinplus is my new favorite go-to site.
Honestly, this whole discussion reminds me of trying to read a complex pre-flop analysis during a boring meeting. The structure of fb7771 games seems more methodical than this chat. Needs more discipline.